प्रथम त्रैमासमा १६ अर्ब २३ करोड एफडीआई स्वीकृत

काठमाडौं, कात्तिक १२ गते । चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधि (साउन–असोज) मा १६ अर्ब २३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार असोजसम्म कुल ४ सय २२ उद्योग दर्ता भएका छन् । जसमा उक्त रकम बराबर लगानी प्रतिबद्धता आएको छ । गत आव २०८२/८३ असोजसम्म ३५ अर्ब १३ करोड बराबर एफडीआई स्वीकृत भएको छ । यस वर्ष लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ ।

उद्योग विभागका अनुसार असोजसम्म अटोमेटिक रुटबाट ४ सय १० र अप्रुभल रुटबाट १२ उद्योग दर्ता हुन आएका छन् ।

असोजमा मात्र ५ अर्ब १० करोड बराबर एफडीआई स्वीकृत भएको छ । यस महिना कुल ९४ उद्योग दर्ता भएका छन् । जसमध्ये ८८ उद्योग अटोमेटिक रुटबाट दर्ता हुन आएको देखिन्छ ।

असोजसम्म दर्ता भएका उद्योगमध्ये अधिकांश साना प्रकृतिका छन् । साना उद्योग ४ सय १७, मझौला २ र ठूला ३ मात्र दर्ता भएको विभागले जनाएको छ । असोजमा आएका सबै उद्योग साना प्रकृतिका थिए ।

यस वर्ष स्वीकृत लगानीमा संख्यात्मक रूपमा सूचना प्रविधिमूलक उद्योगको बाहुल्य छ । कुल २ सय ५२ उद्योग सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन् ।

त्यस्तै पर्यटनमूलक उद्योग १ सय ८, सेवामूलक ३३, उत्पादनमूलक २५ र ऊर्जा तथा कृषिमा २/२ उद्योग दर्ता भएको विभागले जनाएको छ ।

रकमका हिसाबले सबैभन्दा ठूलो लगानी पर्यटनमा स्वीकृत भएको छ । पर्यटनमा कुल ६ अर्ब ८ करोड लगानी स्वीकृत भएको छ । ऊर्जामा ४ अर्ब र पूर्वाधारमूलक उद्योगमा ३ अर्ब ५७ करोड एफडीआई स्वीकृत भएको छ ।

उत्पादनमूलक उद्योगमा १ अर्ब ६० करोड र सूचना प्रविधिमूलकमा ९२ करोड ८३ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको विभागको तथ्यांक छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter