गगनलाई देउवाको आरोप– ‘पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउन सक्दैन’

काठमाडौं, कात्तिक २१ गते । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको १५औँ अधिवेशनलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै आर्थिक प्रभावमा पार्टीको आधिकारिकतासम्बन्धी निर्णय भएको दाबी गरेका हुन् ।

उनले निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिइएको र त्यसपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

एक व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति समेत सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै देउवाले पैसाको बलमा पार्टीको आधिकारिकता प्रभावित पार्ने प्रयास भएको आरोप लगाए ।

उनले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउन नसक्ने टिप्पणी गरे । कांग्रेसको राजनीतिक मूल्य, सिद्धान्त र पहिचान पैसासँग साट्न नसकिने उनको भनाइ थियो ।

देउवाले आफूले राजनीतिक जीवनमा धेरै कुरा प्राप्त गरिसकेको उल्लेख गर्दै अब पार्टी र देशका लागि योगदान गर्ने समय आएको बताए ।

उनले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्यायपूर्ण निर्णय आउने विश्वास व्यक्त गरे । कांग्रेसको रुख चुनाव चिह्न कायम रहनेमा आफू आशावादी रहेको बताउँदै उनले त्यसका लागि दृढतापूर्वक अघि बढ्ने बताए ।

‘पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ,’ देउवाले भने ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter