दानबहादुर कार्कीको रिटमा कारण देखाउ आदेश जारी; सर्वोच्चले दिएका तीन आदेश

काठमाडौं, मङ्सिर २ गते । आफूलाई गैरकानूनी रूपमा आईजीपी पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले कार्कीको माग बमोजिम ‘उनलाई किन आईजीपी पदमा पुनर्बहाली नगर्ने ?’ कारण भए पेश गर्नु भनी सरकार लगायत विपक्षीहरूका नाममा आदेश दिएको हो ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।

पहिलो, अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेपनि सर्वोच्च अदालतले दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय हुनुपर्ने भनेको छ ।

र, अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई आगामी सोमबार (७ मंसिर) मा डाकेको हो ।

दोस्रो, सर्वोच्च अदालतले कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने र एआईजी डा. मनोज शर्मालाई आईजीमा बढुवा गर्ने निर्णयको प्रमाणित प्रतिलिपी पेश गर्न आदेश दिएको छ । साथै, त्यससँग सम्बन्धित अरु कागजात भए ती समेत पेश गर्न आदेश दिएको हो ।

तेस्रो, सर्वोच्च अदालतले विषयवस्तु र प्रकृति हेर्दा रिट निवेदन छिटो टुंगो लगाउनुपर्ने प्रकृति रहेको भनी आदेश गरेको हो । सर्वोच्चले रिट निवेदनलाई अग्राधिकार दिने आदेश गरेको छ । अग्राधिकार पाएका रिट निवेदनहरूले प्राथमिकता पाउँछन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter