मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर

काठमाडौँ, मंसिर १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ ।
सो मर्यादाक्रम अनुसार प्रधानमन्त्री वालेन्द्र शाहपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले हुनुहुन्छ । यसैगरी, कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ रहनुभएको छ ।
यसैगरी, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी, भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता हुनुहुन्छ ।
सो पश्चात् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना, कृषि वन तथा पर्यावरण मन्त्री गिता चौत्ररी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साह र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव हुनुहुन्छ ।