• Wednesday, April 30, 2025

कीर्तिपुरमा बाह्रवर्षे नाच सुरु

fareकाठमाडौँ, ५ कात्तिक । कीर्तिपुरमा आजदेखि बाह्रवर्षे नाच सुरु भएको छ ।

राजा निवास मल्लका पालादेखि सुरु भएको सो नाच ११ महिनासम्म चल्छ । नाच टोल टोलमा आलोपालो गरी देखाइन्छ । अष्टमातृका, महालक्ष्मीलगायत ११देवदेवीका मुकुन्डो लगाएर सो नाच नाचिन्छ । नगरवासीलाई सुरक्षित गराउन यो नाच सुरु गरिएको नृत्यगुरु राजकुमार मालीले बताउनुभयो ।

अस्त्र परित्याग दिवस
विजयादशमीकै दिन आज दुई हजार २७७औँँ अस्त्र परित्याग मनाइयो । मौर्यसम्राट् अशोकले कलिङ्गको युद्धपछि विक्षिप्त भई युृद्ध नगर्ने घोषणा गरेको दिनलाई अस्त्र परित्याग दिवसका रुपमा मनाइने चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । भिक्षु धम्मले भन्नुभयो–“उहाँकै देनले आज हामीले लुम्बिनी हाम्रो भन्न पाएका छौँ, बौद्धधर्मको विकासमा उहाँको अतुलनीय योगदान छ, आजको दिन उहाँको योगदानलाई स्मरण गरी शस्त्रास्त्र दिवसलाई शान्त भएर खुसी बाँडी मनाऔँ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter