• Wednesday, April 30, 2025

दलबीच समझदारी, एकता र सहकार्यमा सभामुखको जोड, पदको गरिमा अक्षुण्ण राख्ने प्रतिबद्धता

Speaker Ghartiकाठमाडौँ, ७ कात्तिक । सभामुख ओन्सरी घर्तीले संविधानको कार्यान्वयनका लागि राजनीतिक दलहरुबीच समझदारी, एकता र सहकार्यको आवश्यकता औँल्याउँदै पदको गरिमालाई कायम राख्दै निष्पक्षतापूर्वक व्यवस्थापिका–संसद्लाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सभामुखमा निर्वाचित भएपछि पहिलोपटक व्यवस्थापिका–संसद्को पहिलो अधिवेशनको बैठकको अन्त्यमा आज सम्बोधन गर्र्दै उहाँले सबै दलहरुलाई समदूरीमा राखेर स्वतन्त्र र निष्पक्ष रुपले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– “यस सन्दर्भमा निश्चय पनि सबै दलहरुका नेताहरु र माननीय सदस्यबाट सकारात्मक सहयोग रहने विश्वास लिएको छु ।”

उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको नयाँ संविधान निर्माण गरिसकेको, विभिन्न ऐतिहासिक आन्दोलनका भावनाहरुलाई संस्थागत गरेको सङ्घीयता, गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र मौलिक अधिकारको व्यवस्था गरेर नेपालको सामन्तवादविरुद्धको राजनीतिक क्रान्ति र नेपालको समावेशी लोकतान्त्रिक आन्दोलनलाई मूलरुपमा पूर्णता दिएको बताउनुभयो ।

सभामुखले नयाँ संविधान जारी गर्दा कतिपय क्षेत्र, वर्ग र समुदायका असन्तुष्टिहरु रहेका, ती माग र भावनालाई वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो– “मेरो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन दिने छैन ।”

आफूलाई एकीकृत नेकपा (माओवादी) पार्टीका तर्फबाट व्यवस्थापिका–संसद्को सभामुखको पदमा उम्मेदवारका रुपमा प्रस्तुत गरेपछि नेकपा (एमाले) का उपाध्यक्ष विद्या भण्डारीको प्रस्तावमा र विभिन्न पार्टीको समर्थनमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका तर्फबाट समर्थनका साथै व्यवस्थापिका–संसद्मा रहेका सम्पूर्ण राजनीतिक दलको समर्थनमा निर्विरोध रुपमा सभामुखको पदमा निर्विरोध निर्वाचित गराएकामा सबैप्रति हार्दिक आभार व्यक्त गर्दै सभामुख घर्तीले आफूलाई प्राप्त जिम्मेवारी आफैँमा समावेशी लोकतन्त्रको सुन्दर उदाहरण भएको बताउनुभयो ।

आफ्नो विजयलाई उहाँले नेपालको समावेशी लोकतन्त्रको विजयका रुपमा ग्रहण गरेको पनि बताउनुभयो ।

विभिन्न राजनीतिक दलबाट आफूलाई प्राप्त बधाई तथा शुभकामनाका अभिव्यक्तिप्रति कृतज्ञता प्रकट गर्दै सभामुखले भन्नुभयो– “हामीसँग गौरवशाली इतिहास छ । विसं २००७ का राजनीतिक योद्धा आज यस सदनमै हुनुहुन्छ । विसं २०२८ का योद्धालाई देशले प्रधानमन्त्रीका रुपमा पाएको छ । विसं २०४६ का योद्धा यस सदनमा हुनुहुन्छ । दश वर्षको महान् र साहसिक जनयुद्धका सर्वोच्च कमाण्डर तथा विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता पुष्पकमल दाहाल हाम्रो सामु हुनुहुन्छ । जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलनलगायत विभिन्न वर्ग समुदायका आन्दोलनका योद्धा यस सदनमा हुनुहुन्छ ।”

“कुनै समय समाजले अवला मानेका, तिरस्कार गरिएका र कमजोर मानिएका महिला आज विभिन्न पार्टीका शीर्षनेतृत्व पङ्क्ति यस सदनमा हुनुहुन्छ । भूमिगत कालमा पिठ्यूँमा नानी बोकेर वा कठिन अवस्थामा नानीलाई जनताको जिम्मा लगाएर राजनीतिक आन्दोलनमा होमिएका थुप्रै आमा यहाँ हुनुहुन्छ,” उहाँले भन्नुभयो, “ती घटना स्मरण गर्दामात्रै पनि गौरव महसुस हुन्छ । यो हाम्रो नेपाली राजनीतिले आर्जन गरेको पुँजी हो ।”

उहाँले २००७ अगाडिदेखिका आन्दोलनहरु, जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजातिलगायतका विभिन्न आन्दोलनहरुमा प्राण उत्सर्ग गर्नुहुने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि पनि अर्पण गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter