• Monday, June 09, 2025

‘पर्या–पर्यटनको दृष्टिकोणले नेपाललाई विश्व पर्यटनको केन्द्र बनाउन सकिने’

everest-trek-trailsकाठमाडौँ, २ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्या–पर्यटनको दृष्टिकोणले नेपाललाई विश्व पर्यटनको केन्द्र बनाउन सकिने बताउनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई स्वागत तथा शुभकामना दिन प्राकृतिक स्रोत जनसंसद् नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सगरमाथाको देश, एसियाको ज्योति गौतमबुद्ध जन्मेको देश तथा हिमाल, पहाड, तराई हावापानीको हिसाबले फरक–फरक भएकाले नेपाललाई विश्वकै पर्यटनको केन्द्र बनाउन सकिने बताउनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “नेपालमा पर्यटक आकर्षण गर्न विमानस्थलदेखि नै सरसफाइ, राम्रो स्वागत सत्कार आवश्यक छ, कुनै राष्ट्रले पर्यटनको क्षेत्रमा सहयोग गर्ने वचन दिएमा सहयोगको सट्टा पर्यटक पठाइदिन आग्रह गर्छु ।” मन्त्री पोखरेलले विश्व सम्पदाको सूचीमा रहेका पशुपतिनाथ, लुम्बिनीलगायतका क्षेत्रको सरसफाइमा पनि विशेष ध्यान दिन आफूले काम अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भूकम्पका कारणले आठ हजार शैक्षिक संस्था भत्किएकाले १० लाख विद्यार्थीको पढाइ प्रभावित भएको बताउनुभयो ।

भूकम्पको समस्या समाधान हुन नपाउँदै भारतले लगाएको नाकाबन्दी र तराइको आन्दोलनले गर्दा शिक्षा क्षेत्र अझ बढी मारमा परेको र जतिसक्दो चाँडो यसको विकल्प खोज्न सरकार लागिरहेको समेत विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार भैरव रिसालले नेताले गरेको भाषण जनताले पत्याउन छाडेकाले बोल्नेभन्दा पनि काम गर्ने बेला भएको बताउनुभयो । जनसंसद्का संयोजक डा पिताम्बर शर्माले धेरै गर्छु भनेर बोल्नुभन्दा पनि थोरै काम गर्ने तर उदाहरणीय काम गरेर देखाउन आग्रह गर्दै नेपालको संविधानमा प्राकृतिक स्रोतको कुरा समेटिएकामा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री र शिक्षामन्त्री पोखरेलद्वयलाई माला लगाएर सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले नाकाबन्दीको समस्याका कारण उत्पन्न समस्या तत्काल समाधान गर्न र भूकम्पपछिको पुनःनिर्माणका लागि जनतालाई दिने भनिएको रु दुई लाख जतिसक्दो छिटो दिलाउन सुझाव दिनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter