• Saturday, June 14, 2025

अत्यधिक चिसो बढ्दै गएपछि उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द

Dolpa districtडोल्पा, ४ मङ्सिर । चिसो बढ्दै गएपछि माथिल्लो डोल्पामा रहेका छार्का, तिन्जे, साल्दाङ, भिजेर, फोक्सुन्डो, धो, मुकोटलगायतका गाविसमा रहेका सम्पूर्ण विद्यालय बन्द भएका छन् ।

समुद्री सतहदेखि चार हजारदेखि पँैतालीस सय मिटरसम्म उचाइमा पर्ने यी गाविसमा कात्तिक महिना लागेलगत्तै भारी हिमपात भई अत्यधिक चिसो बढ्दै गएकाले सदा झैँ यस वर्ष पनि वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गरिएको सिद्धार्थकुला प्राथमिक विद्यालय तिञ्जेका शिक्षक शिव ढुङ्गानाले बताउनुभयो ।

उहाँका अनुसार कात्तिक महिनाको सुरुवातसँगै हिमपातका कारण चिसो बढेर बस्न नसकिने भएकाले कात्तिक अन्तिम सातादेखि वैशाखसम्मको छ महिने अवधिका लागि विद्यालय बन्द गरिएको उहाँले बताउनुभएको छ ।

कात्तिक महिना लागेलगत्तै हिमपात भई अत्यधिक चिसो बढ्ने भएकाले यो अवधिमा माथिल्लो डोल्पाका सबै विद्यार्थी कोही काठमाडौँ, नेपालगन्ज, सुर्खेतलगायका जिल्लामा जाडो छल्न जाने गर्छन् भने अधिकांश सर्वसाधारण तल्लो डोल्पामा रहेको त्रिपुराकोट, पहाडा, लिकु, रहलगायतका गाविसमा अस्थायी बसोबासका लागि झर्ने गर्छन् ।

भौगोलिक कठिनाइका कारणले उपल्लो डोल्पामा चिसोले बस्न नसकिने अवस्था भई जनजीवन कष्टकर हुने भएकाले यो छ महिने अवधिमा विद्यालय अनौपचारिक रुपमा बन्द हुने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।

तल्लो डोल्पामा भने मङ्सिर अन्तिममा मात्र वार्षिक परीक्षा सकाएर पुस र माघ दुई महिनाका लागि विद्यालय बन्द गरिने कार्यालयले जनाएको छ ।

भौगोलिक कठिनाइका कारण उपल्लो डोल्पाका विद्यालयमा एक शैक्षिकसत्रमा करिब छ महिना मात्र पठनपाठन हुने गर्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter