• Saturday, June 14, 2025

दशवर्षीय कृषि विकास रणनीतिक योजना

Tori Bariकाठमाडौँ, ४ मङ्सिर । कृषि क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले कृषि विकास मन्त्रालयले कृषि विकास रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ ।

दशवर्षीय कार्ययोजना र मार्गचित्रसहित कृषिको विगत तथा वर्तमानको कामको समीक्षामा आधारित २० वर्षीय रणनीतिक योजना कृषि विकासमन्त्री हरिबोल गजुरेलले ललितपुरमा आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । आर्थिक वृद्धिलाई गति दिने, कृषकको जीवनस्तर माथि उठाउने, खाद्य तथा पोषण सुरक्षामा योगदान दिने खाद्यसम्प्रुभता उन्मुख बनाउने तथा कृषकलाई आत्मनिर्भर, प्रतिस्पर्धी र समावेशी गराउने सो योजनाको दूरदृष्टि रहेको छ ।

सो अवसरमा मन्त्री गजुरेलले कृषिको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगीकरण गर्नुपर्ने, साना किसानलाई आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्ने तथा सरकारी तथा नीति क्षेत्रको समवन्वयमा कृषिलाई रोजगारमूलक बनाउनुपर्नेमा जोड दिनुभयो ।

व्यवस्थापका–संसद्, कृषि तथा जलस्रोत समितिका सभापति गगनकुमार थापाले यो रणनीतिक योजना हाम्रा लागि महत्वपूर्ण आधार भएको बताउँदै कृषि क्षेत्रको दिगो विकास गरी जनतालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री गणेश साहले कृषकलाई अन्नदाताका रुपमा सम्मान नगरेसम्म कृषि विकास नहुने बताउनुभयो ।

एसियाली विकास बैंकका देशीय निर्देशक केनिथी योको यामाले नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि यो रणनीतिक योजनाले कृषि विकासमा ठूलो परिवर्तन ल्याउने विचार व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter