• Friday, June 13, 2025

विदेशी पर्यटक भन्छन् – ‘पदमार्ग सुरक्षित छ, गोरखा घुम्न आउनुहोस्’

tourists-visiting-Nepalप्रशन्न पोखरेल / गोरखा । मनास्लु पदमार्गको केही खण्ड हुँदै गुम्दा–लाप्राक–बारपाक घुमेर सदरमुकाम फर्केको विदेशी पर्यटकको टोलीले भूकम्पपछि पनि गोरखाका पदमार्गहरु सुरक्षित रहेको बताएका छन् । पहिरोले पदमार्गका केही ठाउँ जोखिमयुक्त भए पनि अधिकांश ठाउँ सुरक्षित रहेकाले निर्धक्क साथ घुम्न आउन विदेशी पर्यटकले आग्रह गरेका छन् ।

तेह्रदिने पदयात्रा आफ्नो टोलीले सहजै पार गरेको बताउँदै जर्मनकी डाग्मारले भन्नुभयो – “अग्ला पहरा, छहरा र पहिरो पार गर्दै हामीले सुखसाथ यात्रा पार ग¥यौँ ।” डाग्मारसहित छजना जर्मनी नागरिकको टोली आरुघाट बजार, सोती, माछाखोला हुँदै गुम्दा निस्केर लाप्राक, बारपाक पुगेर फर्केका हुन् ।

उनीहरुले आरुघाटदेखि माछाखोलासम्मको मनास्लु पदमार्ग हिँडे । लापुभिर र माछाखोलाको पहिरो कट्न केही असहज भए पनि त्यसपछिको यात्रा रमाइलो भएको डाग्मारको अनुभव छ । “भूकम्पले भत्काएका बाटाहरु मर्मतमा सरकारले ढिला गर्नुभएन”, उहाँले भन्नुभयो – “पदयात्रा गर्न आएका स्वदेशी, विदेशी पदयात्रीले अनावश्यक दुःख पाउनु राम्रो होइन ।”

उनीहरु पहिलो पटक नेपाल आएका हुन् । भूकम्पले गाउँ, बस्तीहरु भत्केको जर्मनमा सुनेका उनीहरुले थुमी गाविसको स्वाँरामा भवन निर्माण गरेर पुनःनिर्माणमा पनि सहयोग गरे । कर्मालय फाउन्डेसनले बनाएको भूकम्पले भत्काएको भवन मर्मत गरेर उनीहरुले गाउँलेलाई सहयोग गरेका हुन् । “पर्यटकहरु ढुङ्गा, माटो खेल्नमा रमाए । भूकम्पले भत्केको भवन मर्मतमा जुटे” – पर्यटकका गाइड मानसिङ राईले भन्नुभयो ।

पदयात्रीहरु जोखिमयुक्त पदयात्रा रुचाउँछन् । अन्नपूर्ण पदमार्गलाई सडक सञ्जालले छोएपछि विदेशी पर्यटकको रोजाइ मनास्लु पदमार्गमा परेको छ । वर्षको छ हजारभन्दा बढी विदेशी मनास्लु क्षेत्रको भ्रमणमा आउने गरेका छन् । भूकम्पपछि पदयात्रीको सङ्ख्या घटेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ ।

गुम्दा र लाप्राकका भूकम्पपीडितलाई चिसोबाट जोगाउन सरकारले न्यानो कपडा वितरण गर्नुपर्ने देखिएको बताउँदै पर्यटकले भूकम्पपीडितहरुले घरविहीन भए पनि संस्कार र संस्कृति नछाडेकामा गर्व गरेका छन् । “दुर्गम गाउँमा अनगिन्ती समस्याहरु छन् । समाधानको एउटै उपाय पुनःनिर्माणको सुरुवात् गर्नु हो” डाग्मारले भन्नुभयो ।

भूकम्पले उत्तरी हिमाली जिल्लाका अधिकांश पदमार्ग, ऐतिहासिक धरोहर भत्काएको सन्देश विदेशमा फैलिएको भन्दै सञ्चारमाध्यममार्फत ‘नेपालका चिनारी, गहनाहरु’ सुरक्षित रहेको सन्देश विश्वसामु फैलाउनुपर्नेमा पर्यटक जोड दिन्छन् । उनीहरुले गोरखा दरबारलगायत गोरखाका विभिन्न ऐतिहासिक धरोहरको पनि अवलोकन गरेका छन् ।

भूकम्पपछि पर्यटकको चहलपहल कम भएको र भारतीय पक्षले गरेको नाकाबन्दीले इन्धन, पेट्रोलियम तथा खाद्य सामग्रीको अभाव चुलिँदै गएपछि पदमार्ग तथा गोरखाबजार क्षेत्रका होटल शून्य छन् । पर्यटकको भीड लाग्ने होटल गोरखा बिसौनीका कर्मचारी शङ्कर पाण्डेले भन्नुभयो – “मेन्यूअनुसार खाना, खाजा खुवाउन सकिएको छैन ।” नाकाबन्दी र भूकम्पको मारमा गोरखाका होटल प्रभावित छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter