• Tuesday, June 10, 2025

‘दस मिनेट नाटक’ सम्पन्नः ३९ नाटक मञ्चन

10 minutes dramaकाठमाडौँ, २२ जेठ । पाँच दिनदेखि चलिरहेको राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ आज सम्पन्न भएको छ ।

सर्वनाम थियटरको आयोजनामा भएको उक्त कार्यक्रममा देशभरका नव रङ्गकर्मीले सहभागिता जनाएका थिए । आज अन्तिम दिन वीरेन्द्र हमालको ‘अशान्ति’, शेखु कोइरालाको ‘पुनरावर्तन’, प्रतिज्ञा पन्तको ‘अधुरो सपना’, दीपक धामीको ‘प्ले अफ लाइफ’, सुन्दर लामाको ‘श्रृङ्गार’, राजेश घिमिरेको ‘ओझेल’ र दीपेश पौडेलको ‘ब्याटल अफ दि फिनेकस’ को प्रदर्शनी गरिएको थियो ।

यसअघि भगवतीकुमारी मैनाली उप्रेतिको नाटक ‘फलानो’, सुविना पौडेलको ‘मोक्ष’, रोशन आचार्यको ‘परिचय’, आशिष श्रेष्ठको ‘खै के खै के’, कपोल कल्पित (विकास अधिकारी) को ‘बिडम्वना’, भुवन सङ्गमको ‘अब बेचिन्न’, सुवलमणि सापकोटाको ‘ऐठन’, नवराजा खड्काको ‘कोख’, शालिग्राम गैरेको ‘म को हुँ’, सभासिष पराजुलीको ‘ब्ल्याक बुद्ध’, विनयजङ्ग श्रेष्ठको ‘पल्लो घरको डर’ र पत्रिका घिमिरेको ‘एकलव्यः फगत एक मिथ’ लगायतका १० मिनेट लामा नाटक मञ्चन गरिएको थियो ।

पाँचदिने उक्त नाटक मञ्चन कार्यक्रममा ३९ नाटक प्रदर्शन गरिएको थियो । नव कलाकारको अभिनयले रङ्गमञ्चप्रति नयाँ कलाकारको आकर्षणलाई प्रष्ट्याएको थियो । थियटरका निर्देशक अशेष मल्लले आफूले कुनैबेला आफ्नो प्रतिभा देखाउने थलो नपाएका कारण झन्डै रङ्गकर्मबाटै बिदा लिनुपर्ने अवस्था आएको क्षण अझै भुल्न नसकेको बताउँदै आफ्ना सङ्घर्षका तिनै दिनलाई स्मरण गर्दै सो कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

रङ्गकर्ममा आफ्नो सम्पूर्ण जीवन अर्पण गर्नुभएका निर्देशक मल्ल नव कलाकारको आगमन र उनीहरुको कलाप्रतिको अनुरागले आफूलाई अझै यस क्षेत्रमा सक्रिय हुन उत्प्रेरित गर्ने बताउनुहुन्छ ।

यस कार्यक्रमले नव कलाकारलाई हौसला प्रदान गरेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम संयोजक राज शाहले जानकारी दिनुभयो । ‘१० मिनेट नाटक’ को यो दोस्रो श्रृङ्खला हो । नाटक अवधिभर दर्शकको उल्लेख्य सहभागिताले नव कलाकारलाई उत्साहित बनाएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter