• Tuesday, June 10, 2025

मानवाधिकार चलचित्र महोत्सवमा ‘जोगिमाराका जिउँदाहरु’ देखि ‘रक्ताम्य गह्राहरु’सम्म

HR Film Festivalकाठमाडौँ, २८ जेठ । चौथो नेपाल मानवाधिकार चलचित्र महोत्सव जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु भएको छ ।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवमा मानिसले सम्मानपूर्वक, समान व्यवहार पाएर बाँच्नुपर्छ भन्ने मान्यता बोकेर बनाएका १३ देशका ३२ चलचित्र देखाइनेछ । नेपालसहित भारत बङ्गलादेश, पाकिस्तान, अमेरिका, इजरायल, इरान, अस्ट्रेलिया, कम्बोडियालगायत देशका चलचित्र छन् ।

महोत्सवमा पाँच नेपालीसहित २५ चलचित्र प्रतिस्पर्धाका लागि उत्रिनेछन् । नेपाली चलचित्रमा मोहन मैनालीको ‘जोगिमाराका जिउँदाहरु’, ध्रुव बस्नेतको ‘रक्ताम्य गह्राहरु’ आदि प्रदर्शन हुनेछन् । आज पहिलो दिन निर्देशक मनोज पण्डितको चलचित्र ‘छायाँ’ पहिलो सार्वजनिक प्रदर्शन गरिनुका साथै ओस्कार अवार्ड विजेता पाकिस्तानी वृत्तचित्र ‘अ गर्ल इन द रिभर’को विशेष प्रदर्शन गरियो ।

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले व्यक्तिको बाँच्न पाउने अधिकार संरक्षण गर्न र सामाजिक परिवर्तनको अभियान चलाउन यस्ता चलचित्र महोत्सवले सघाउ पु¥याउने बताउनुभयो ।

आयोजक केन्द्रका अध्यक्ष चिरञ्जीवी कर्ण विआरीले व्यावसायिक चलचित्रले मात्रै मानवअधिकारको आवाज बुलन्द गर्न नसकेको परिप्रेक्ष्यमा वैकल्पिक चलचित्रका रुपमा यस्ताखाले चलचित्र प्रदर्शनमा ल्याएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter