• Tuesday, April 29, 2025

पुनःनिर्माणको काम अगाडि नबढेको भन्दै सांसद्को आपत्ति

Parliamentनुवाकोट, ८ असार । नुवाकोटमा क्रियाशील विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाको कामको आलोचना भएको छ । धार्मिक, साम्प्रदायिक र राजनीतिक रुपमा विभिन्न सङ्घसंस्था सक्रिय रहेको भन्दै सांसद्ले उनीहरुप्रति कडा टिप्पणी गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणकबाट भए÷गरेका कामको समन्वय गर्न गठन भएको समन्वय समितिको आजको बैठकमा सहभागी सांसद्हरुबाट कतिपय सङ्घसंस्थाले नियुक्त गरेका कर्मचारीलाई समेत हटाउनुपर्ने सम्मको सुझाव आएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् अर्जुननरसिंह केसीको संयोजकत्वमा गठन भएको समितिको बैठकमा सांसद् एवम् काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत, केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ, सांसद एवम् जिल्ला सभापति जगदीश्वरनरसिंह, सांसद्हरु राममाया बोगटी र राज्यलक्ष्मी श्रेष्ठ केसीको उपस्थिति थियो ।

बैठकमा सहभागी भएका सरकारी कार्यालयका प्रमुखले अहिलेसम्म पुनःनिर्माणमा भएको कामको विवरण प्रस्तुत गरेका थिए भने राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिले सुझाव पेस गरेका थिए ।

बैठकका उठेका विषयलाई सम्बोधन गर्दै समितिका संयोजक केसीले जनताले छिटो सेवा पाउने गरी सरकारी कार्यालयले काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले गैससको अनियन्त्रित कार्यशैलीले समाजमा असर पारेको बताउनुभयो ।

समन्वय समितिले गरेका निर्णयलाई स्थानीयस्तरमा कार्यान्वयन गर्न सकिनेलाई तत्कालै कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, पुनःनिर्माण प्राधिकरणका प्रमुखलाई निर्देशन दिइएको छ । कतिपय नीतिगत कुरालाई पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयमा पठाइने छ । बैठक गैससको मनोमानीको विषयमा केन्द्रित भए पनि अन्य पाँच वटा विषयमा समेत छलफल भएको थियो ।

अनुदानसम्बन्धी बैंक खाता सञ्चालनका सम्बन्धमा गाविसलाई बढी सहज हुने बैंकलाई आग्रह गर्ने गरी निर्णय भएको छ । त्यस्तै लाभग्राहीको सूचीमा नाम छुट भएको गुनासो अझै पनि आइरहनु दुःखद् भएको भन्दै काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामा तामाङले कर्मचारी अभावमा काम नभएको आरोप लगाउनुभयो ।

सांसद डा महतले आवश्यक स्थानमा गैससहरुले काम नगरेकाले बढी समस्या आउने गरेको बताउनुभयो । सरकारी निकायको सहकार्यमा सञ्चालन हुने कार्यक्रममा समेत पक्षपात हुने गरेको आरोप उहाँको छ । उहाँले वल्र्ड भिजन नाम गरेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नर्जामण्डपमा कार्यक्रम गरेको चित्त नबुझेको बताउनुभयो । उक्त कार्यक्रम गरिबहरु धेरै रहेको लच्याङमा हाल्नुपर्ने सुझाव उहाँको छ ।

काँग्रेस नुवाकोटका सभापति एवम् सांसद जगदीश्वरनरसिंह केसीले वल्र्ड भिजनले नर्जामण्डपमा काँग्रेस सिध्याउने गरी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउनुभयो । त्यस्तै मदानपुर र समुन्द्रादेवी गाविसमा कार्डसन्मार्फत अक्सफामले सञ्चालन गरेको कार्यक्रम पनि राजनीतिक रुपमा पे्ररित रहेको उहाँको आरोप छ ।

कर्मचारी अभावका कारण सबै गाविसमा अनुदान सम्झौता हुन नसकेकाले केही ढिला सुस्ती भएको जानकारी नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले दिनुभएको छ । उहाँका अनुसार आजसम्ममा ५१ वटा गाउँ विकास समितिका लागि छुट्टाछुट्टै गाविस सचिवको व्यवस्था गरिएको र कामले गति लिएको छ ।

समन्वय समितिले जिल्लामा पुनःनिर्माणका लागि आवश्यक नदीजन्य सामग्री निकाल्नेलाई सहयोग गर्ने नीति पनि लिएको छ । बैठकमा उक्त प्रस्ताव राख्दै डा महतले हात र सावेलले झिकेर नदीजन्य सामग्री नपुग्ने भन्दै स्थानीय विकास अधिकारीलाई मेसिन लगाएर बालुवा दिन निर्देशन दिनुभएको छ ।

बैठकमा आफ्नो कार्यालयको कार्य विवरण प्रस्तुत गर्दै जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले भौतिक संरचना नभएकाले विद्यालय बन्द गरिएको जानकारी गराउनुभएको थियो । जिल्लाका २७ विद्यालय मर्मतका लागि भन्दै आएको एक संस्थाले ‘आखाँमा छारो’ हाल्ने काम मात्रै गरेकाले नियन्त्रण गरिदिनका लागि पनि सांसदसँग उहाँले आग्रह गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter