पर्यटक लोभ्याउन मदिरा होइन ‘टी पार्टी’

सिबी अधिकारी / काठमाडौँ, ११ भदौ । स्वास्थ्यका लागि पेय पदार्थको रुपमा चियालाई लिइन्छ । तर पश्चिमा संस्कृतिको प्रभावले चियाको साटो मदिराजन्य पदार्थ र हल्का पेय पिउने बानी नेपाली समाजमा मौलाएकोTea Lounge छ ।

पश्चिमा मुलुकमा समेत फेरिएको चिया पिउने संस्कृतिको विकास गर्ने उद्देश्यले नेपालमा पनि यसको अभ्यास सुरु भएको छ । पर्यटक आकर्षणसँगै युवा पुस्तामा पनि चिया पिउने संस्कृति बसाल्न युवा पर्यटन व्यवसायी धर्मराज पाण्डेले सचेतना अभियान सुरु गर्नुभएको हो ।

हुनतः स्वाद र आनन्दका लागि मानिसले चिया पिउँछन् । सुरुमा औषधिका रुपमा पिउन सुरु भएको चिया बिस्तारै मानिसको आदतको रुपमा परिणत भयो । विकसित मुलुक युरोप अमेरिकामा समेत कफी पिउने संस्कृतिबाट अहिले चिया संस्कृतितर्फ ढल्केका छन् ।

जैविक चियाको खानीको रुपमा रहेको नेपालको चियाको महत्वलाई बुझाउन नसक्दा यसबाट उपेक्षित लाभ लिन सकिएको छैन । नेपालमा सबै प्रकारका चिया पाइन्छ र यसको महत्व पनि बढ्दो छ । जति उत्पादन हुन्छ, निर्यात पनि राम्रो छ ।

इलामको चिया प्रख्यात मानिन्छ । उच्च पहाडमा फलेको नेपाली चियाको बजार सम्भावना राम्रो रहेपनि व्यावसायिक सफलता पाउन नसकेको व्यवसायी पाण्डे बताउनुहुन्छ ।

“हामी आफैँ चिया पिउँदैनौँ, चिया बनाउन पनि जानेका छैनौँ । साधारणतय दूघको चिया पकायो खायो । त्यसैले युवा पुस्तामा चियाको महत्वबारे जानकारी गराउन अब नयाँ तरिकाले चिया व्यवसाय सुरु गर्नुपर्यो भनेर लागेको हुँ”–उहाँले भन्नुभयो ।

पर्यटकीय क्षेत्र ठमेलमा पहिलो पटक ‘टी लाउन्ज’ सञ्चालन गर्नुभएका पाण्डेको व्यवसाय फस्टाउँदो छ । यहाँ अहिले विदेशी पर्यटक भुम्मिन्छन् । खासगरी चीन, अमेरिका र एसिया पर्यटक चियाका पारखी बनेका छन् । पाण्डेले आफँै चिनियाँ पद्धतिमा विभिन्न प्रकारका चियाको स्वाद पाहुनालाई चखाउनुहुन्छ । जुन पर्यटकको आकर्र्षण बनेको छ ।

अहिले सबैभन्दा बढी चियाका पारखी अमेरिका र चीनमा रहेको बताइन्छ ।

नुवाकोट मदनपुरका ३३ वर्षीय पाण्डेले करिब रु ३२ लाख लगानी गरी ठमेलमा टी लाउन्ज सञ्चालन गर्नुभएको हो । पाहुनाको स्वागत सत्कारमा रुची राख्ने उहाँमा विदेश अवसर नभएको हैन, पाँच वर्षअघि जापानमा राम्रो कमाई गर्ने पाण्डेलाई नेपाली मोहले छाडेन ।

इतिहास अनुसार करिब एक हजार ८०० वर्षअघि चीनबाट चियाको प्रचलन सुरु भएको पाइन्छ । झण्डै ८०० वर्षअघिबाट मात्रै व्यावसायिक रुपमा चिया प्रयोगमा आयो ।

तत्कालीन समयमा ब्रिटिस शासकले भारतको दार्जेलिङमा चिया रोपी चिया संस्कृतिको विकास गरे । दार्जेलिङसँगै नेपालको पूर्वी इलाममा चिया रोप्न सुरु भयो । नेपालमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीनमा गएर चियाको बीउ ल्याई चिया खेतीमा प्रेरित गराउनुुभएको थियो ।

पाण्डेले पर्यटकलाई लक्ष्यित गरेर १८ प्रकारका मुख्य चिया बिक्री गर्नुहुन्छ । त्यसका भेराइटीमा ‘ह्वाई टी’ ‘ब्लाक टी’ ‘ग्रीन टी’ ‘गोल्डेन टी’ ‘रेड टी’ र नेपालमा पहिलो पटक विशेष प्रकारको ‘कुयेर टी’ (चीनको पुरानो चिया) आदि गरी ५० प्रकारका चिया बिक्रीमा राखिएको छ ।

चीनको हुनान प्रान्तमा मात्र पाइने पुयर टी नेपालमा भित्र्याउनुभएको छ, यो करिब दुई ग्राम चियाको रु ४५० पर्छ, दुईदेखि तीन पटक पानी थप्न मिल्छ । उहाँले सबै चिया इलामबाट खरिद गर्नुहुन्छ । अन्नपूर्ण क्षेत्रमा पनि ‘टी स्टेट’ खुलेको बताउने पाण्डेका अनुसार यसको बजार भनेकै पर्यटकीय क्षेत्र हो ।

युवा पुस्तामा स्वस्थ्य चिया पिउँ भन्ने सन्देश प्रवाह गर्न नेपालमै पहिलो पटक शुक्रबार ठमेलको टी लाउन्जमा ‘चिया फेस्टिभल’ आयोजना गरियो । जहाँ युवाको बाक्लो उपस्थिति थियो । थेम्स कलेजमा सूचना प्रविधि विषयमा स्नातक अध्ययनरत पायल ढकालले चिया पार्टीमा सहभागिता जनाउँदा नौलो अनुभूति भएको र यसले नयाँ संस्कृतिको विकास भएको बताउनुभयो । हरेक शुक्रबार चिया पार्टी गर्ने र युवा पुस्तालाई समेटिने व्यवसायी पाण्डेको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter