साझा यातायातः दसैँअघि वीरगन्जमा सेवा विस्तार

Sajha Yatayatकाठमाडौँ, १४ असोज । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने भएको छ ।

आइतबारदेखि बाग्लुङ र गोरखाका लागि बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको साझा यातायातले वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने तयारी गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परीक्षणमा काठमाडौँदेखि बाग्लुङका लागि दुई र काठमाडौँ–गोरखाका लागि दुई बस सञ्चालन गर्ने तयारी गरे पनि यात्रुलाई समस्या भएकाले थप सेवा विस्तार गर्न लागिएको हो । तीन दिनपछि वीरगन्ज जाने यात्रुले साझाको सेवा लिन पाउनेछन् ।

यही असोज १६ गतेदेखि काठमाडौँबाट बिहान ६ः३० बजे बाग्लुङका लागि दुई र गोरखाका लागि बिहान ७ बजे दुई बस सञ्चालन हुनेछन् । विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ देखि पूर्ण रूपमा लामो मार्गमा साझाका बस सञ्चालन हुन छाडेको थियो । एक हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यका बाहिर सञ्चालन गर्न लागेको बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter