• Sunday, April 27, 2025

सरकारद्वारा राष्ट्रिय फुटबल टोलीलाई पुरस्कार प्रदान

Football Prizeकाठमाडौँ, २ फागुन । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी फुटबल कपमा प्रथमसहित च्याम्पियन बन्न सफल भएकोमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले पुरस्कार प्रदान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।

यही मङ्सिर २७ देखि ३० सम्म मलेसियाको कुचिङमा सम्पन्न सो खेलमा प्रथम भएर देशको गौरव बढाएको भन्दै मन्त्रिपरिषद्को गत माघ ७ गतेको बसेको बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको निर्णयअनुसार सो प्रदान गर्नुभएको हो ।

सम्मान तथा पुरस्कार पाउनेमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरूङ, उपकप्तान विराज महर्जन र खेलाडी विकेश कुथु, रवीन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरूङ, आदित्य चौधरी, विमल घर्ती मगर, विशाल राई, रञ्जीत धिमाल, रञ्जन विष्ट, राजेन्द्र रावल, भतर खवास, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, नवयुग श्रेष्ठ, सुमन लामा, किरण कुमार लिम्बू, सुजल श्रेष्ठ, अन्जान विष्ट, कमल श्रेष्ठ, विक्रम लामा, गुरूङ हेमनसहित २३ जना रहेका छन् । पुरस्कारको राशि जनही रु. तीन लाख रहेको छ ।

त्यसैगरी मुख्य प्रशिक्षक ग्योटोकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र उज्जवल महर्जन तथा फिजियोथेरापिस्ट सुरज भुसाललाईसमेत पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः रु तीन लाख, दुई लाख र ५०÷५० हजार रहेको छ ।

सो अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले राष्ट्रको एकता र गरिमाको निम्ति खेल क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै विचार, राजनीति र राजनीतिक दलले देशलाई एकताबद्ध गर्न कठिन भएको अवस्थामा खेलाडीले सकारात्मक मनोविज्ञान सिर्जना गरी राष्ट्रिय एकता कायम गर्न तथा इज्जत र प्रतिष्ठानलाई माथि उठाउन मद्दत पुग्नेगरी भूमिका निर्वाह गरेको छ भन्नुभयो ।

उहाँले आगामी दिनमा समेत अझै हौसला, नयाँ जोस÷जागर र सङ्कल्पकासाथ नयाँ अभ्यासका लागि अगाडि बढ्न तथा राष्ट्रको नाम उच्च पार्दै पहिचान र गरिमा बढाउन सबै खेलाडी र प्रशिक्षकलाई सफलताको शुभकामना दिनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, “सबैको योगदानले मात्र सफलता हासिल हुने हो, सरकारको तर्फबाट पनि वातावरण बनाउनका निम्ति नीति नियममा आवश्यक सुधार गर्न आवश्यक हुन्छ, तपाईहरूले माग गर्दै आएको अन्तर्राष्ट्रियस्तरको खेल मैदानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम अगाडि बढाउने विश्वास दिलाउन चाहान्छु ।”

पछिल्लो पटक खेल क्षेत्रमा विकास हुँदै गर्दा सबै जातजाति, धर्म, पेसा वर्ग उत्साही हुने र कुनै प्रकारको विभेद नहुने बताउँदै उहाँले भन्नुभयो – “देश परिवर्तनको प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ, राष्ट्रको एकता सुदृढ गर्न आवश्यक छ, संविधान कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितिर लैजान आवश्यकता छ, यसमा खेलाडीको योगदान निकै ठूलो रहेको छ भन्न चाहान्छु ।”

प्रधानमन्त्री दाहालले खेल क्षेत्रले प्रतिष्ठा बढाउने मात्र नभई अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्नेलगायत मुलुकको आर्थिक विकासमा समेत निकै ठूलो योगदान पु¥याएको बताउँदै नेपालको भू–वनोट, हावापानी, मौसम र खेलाडीको हौसलालगायत सबै कारणले नेपालमा पनि थोरै सकारात्मक वातावरण बनाउन सक्दा विश्वका थुपै्र खेल नेपालमा आर्जित हुनसक्ने सम्भावना छ भन्नुभयो ।

सम्मानितका तर्फबाट नेपाली फुटबलका कप्तान अनिल गुरूङले नेपालमा फुटबल खेलको अत्यन्त सम्भावना रहेको हुँदा जतिसक्दो चाँडो अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्न आग्रह गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter