स्ववियु निर्वाचन पाँच दिन सार्ने सहमति

TUकाठमाडौं, ५ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पाँच दिन पछि सार्न विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ ।

प्रमुख दल निकट विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु , अनेरास्ववियु क्रान्तिकारी र विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरुबीच बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।

बुधबार बालुवाटारमा बसेको कांग्रेस , एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले स्ववियु निर्वाचन तोकिएकै मितिमा अर्थात फागुन १४ मै गराउने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट बसेको विद्यार्थी संगठनका नेताहरुको बैठकले विप्लव माओवादी निकट विद्यार्थी संगठनलाई पनि स्ववियुमा निर्वाचनमा सहभागि गराउने गरि पाँच दिन पछि सार्ने सहमति गरेकाे हाे ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter