• Tuesday, April 29, 2025

प्रणाली अवरुद्ध हुँदा विद्युत् आपूर्तिमा समस्या

Electricityकाठमाडौँ, ७ फागुन । काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणाली आंशिकरुपमा अवरुद्ध हुँदा राजधानीलगायतका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेकामा प्राधिकरणले दुःख व्यक्त गरेको छ।

शनिबार अपराह्न प्राधिकरणको चपली– भक्तपुर १३२ केभी प्रसारण लाइनको अर्थ फल्ट ट्रिप भई समस्या आएको र सो समस्याका कारण खिम्ती–ढल्केबर प्रसारण लाइनमा समेत समस्या उत्पन्न भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।

प्रणालीमा उत्पन्न भएको समस्याका कारण प्राधिकरणको केन्द्रीय प्रणालीमा पर्ने क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको थियो । प्राधिकरणको भार प्रेषण केन्द्रका इन्जिनियर तथा प्राविधिकको अथक प्रयासपछि प्रणालीलाई करिब आधा घन्टामा पूर्ववत् अवस्थामा ल्याउन सफल भएको प्रवक्ता अधिकारीको भनाइ छ ।

यस्तै सुनकोसीबाट काठमाडौँ आउन प्रसारण मार्गमा गएराति ६६ केभीको टावर ढलेकामा वैकल्पिक व्यवस्थाबाट सुनकोसी विद्युत् गृहको ५ मेगावाट विद्युत् प्रशारणा पुनः सञ्चालन गरिएको छ।

वैकल्पिक मार्ग प्रयोग गरेर सुनकोसी जलविद्युत् आयोजनाको विद्युत् जोडिएको र आपूर्तिमा कुनै समस्या नरहेको प्राधिकरणले जनाएको छ। रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter