• Monday, April 07, 2025

डेनमार्कका राजकुमार नेपालमा

Danish Princeकाठमाडौँ, १३ फागुन । केयर नेपाल र डेनमार्क दूतावासको विशेष आमन्त्रणमा डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दीमार क्रिश्चियन दशदिने नेपाल भ्रमणमा आउनुभएको छ ।

केयर नेपाल र डेनिस राजदूतावासको निमन्त्रणमा उहाँ यही फागुन २२ गतेसम्म आज नेपाल भ्रमणमा आउनुभएको केयर नेपालका कार्यक्रम निर्देशक डा पपुलर जेन्टलले जानकारी दिनुभयो । राजकुमार योकिमले काभ्रेपलाञ्चोक, गोरखा, तनहुँु, स्याङ्जा, कास्की, धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन भएका कार्यक्रमबारे जानकारी लिनुहुनेछ ।

नेपालमा भूकम्पपछि पुनःनिर्माणका बहुआयामिक पक्षका बारेमा छलफल भइरहेका अवस्थामा डेनमार्कका राजकुमारले भूकम्प प्रतिकार्य कार्यक्रम, खाद्य सुरक्षा तथा जीविकोपार्जन, यौन तथा प्रजनन स्वास्थ्य, प्राकृतिक स्रोत व्यवस्थापन, संरक्षण तथा प्रकोप पूर्वतयारी लगायत विषयमा जानकारी लिने कार्यक्रम छ । राजकुमारको यो नेपालको दोस्रो अनौपचारिक भ्रमण हो ।

सन् १९९१ देखि केएर डेनमार्कका संरक्षक रहनुभएका योकिमले मानवता र सामाजिक विकासको अवधारणालाई आत्मसात् गर्दै केएर नेपाल र डानिडा परियोजनाले सहयोग गरेका परियोजना तथा कार्यक्रमको अवलोकन गर्ने योजना छ । केएर डेनमार्कका अध्यक्ष क्रिस्टियन स्यान्डो निसेन, केएर डेनमार्कका प्रमुख कार्यकारी निर्देशक ह्यान्स जो मिलर, संस्थापक सदस्य गोर्न पेडरसनलगायत रहेको प्रतिनिधिमण्डल सो भ्रमणमा रहनेछन् ।

सन् १९६७ देखि नेपाल र डेनमार्कबीच द्विपक्षीय सम्बन्ध रहेसँगै विभिन्न कार्यक्रममार्फत सहकार्य हुँदै आएको छ । केएर डेनमार्कले नेपालको विकास, गरिबी न्यूनीकरण, वातावरण संरक्षण, प्रजातन्त्र, मानवाधिकारलगायत क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

सन् १९४५ मा स्थापित केएर आफ्नो लामो यात्रामा विश्वव्यापी गरिबीका विरुद्ध लडिरहेको छ । मूलत संसारभरका महिला, किशोरी र बालिकाको स्तर वृद्धिमार्फत सिङ्गो परिवार र समाजको विकास सम्भावनालाई ध्यानमा राख्दै उपलब्ध स्रोतमा महिलाको पहुँच वृद्धिमा आफ्ना कार्यक्रम केन्द्रित गरेको केयर नेपालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालसम्म केएरले विश्वका ९४ देशका करिब आठ करोड जनतामाझ आफ्नो काम गरिरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter