• Sunday, April 27, 2025

अग्निपीडितलाई तेह्रथुम–युके समाजद्वारा रु १५ लाख

nrnतेह्रथुम, जेठ ३ गते । तेह्रथुम–युके समाजले आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारका अग्निपीडितलाई रु १५ लाख राहत वितरण गरेको छ । समाजले तेह्रथुममा जन्मिएर हाल बेलायत ९युके० मा कार्यरतबाट सङ्कलन गरेको राहत रु १५ लाख ४८ अग्निपीडित परिवारलाई वितरण गरेको हो ।

आगलागीबाट घर पसल जलेकालाई प्रतिपरिवार रु ६० हजार, घरमात्र जलेकालाई प्रतिपरिवार रु ५० हजार, एकै परिवारका दुईवटा घर भएकालाई रु ७५ हजार, ‘क’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु ४० हजार, ‘ख’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु २० हजार, ‘ग’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु १५ हजार र ‘घ’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु पाँच हजारका दरले राहत रकम प्रदान गरिएको समाजका प्रतिनिधि ताराप्रसाद लिम्बूले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा तेह्रथुम–युके समाजका ताराप्रसाद लिम्बू, सुनसरी–युके समाजका मोहनचन्द्र लिम्बू, आठराई भगवती यातायात व्यवसायी सङ्घका महासचिव महेन्द्र विमलीलगायतले मन्तव्य राखेका थिए । अग्निपीडितले युकेवासी नेपालीलाई धन्यवाद भनेका छन् । गत पुस १ गते सक्रान्तिबजारमा आगलागी हुँदा २९ घर र तीन टहरामा क्षति पुगेको थियो ।

आगलागीबाट ७३ परिवार विस्थापित हुँदा रु १४ करोडभन्दा बढीको क्षति भएको थियो । अग्निपीडितका लागि राहत कोषमा हालसम्म रु ६० लाख जम्मा भएको छ । तर प्रशासनले बनाएको मापदण्डमा पीडितले राहत बुझ्न नमानेपछि राहतको रकम कोषमै थन्किएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter