• Tuesday, April 29, 2025

दस वरिष्ठ स्रष्टालाई प्रज्ञा ‘हीरक’ सम्मान

government logoकाठमाडौँ, जेठ ६ गते । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘हीरक’ जयन्तीका अवसरमा विभिन्न विधाका दस वरिष्ठ स्रष्टालाई ‘हीरक सम्मान’ प्रदान गरेको छ ।

प्रतिष्ठानले आज यहाँ आयोजना गरेको समारोहमा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराँती, डा तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंग, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल, शान्तदास मानन्धरलाई रु एक लाख राशीसहित सम्मानित गरियो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले ती सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा ‘त्रिदिवसीय राष्ट्रिय वाङ्यमय सङ्गोष्टी’ को उद्घाटन पनि गरियो ।

राष्ट्रकवि घिमिरेले आफ्नो अस्तित्वका लागि विचित्रको काम गरेर संसारमा नाम राख्न सफल नेपालले मौलिक र स्तरीय साहित्यलाई अनुवाद गरी विश्वमा फैलाउन सकेमा थप पहिचान स्थापित हुने बताउनुभयो । उहाँले पछिल्ला समयमा नेपाली साहित्यमा स्तरीकरण पनि भइरहेको उल्लेख गर्नुभयो ।

पूर्व कुलपति काइँलाले नेपाली जहाँ रहेपनि आपसमा बाँध्ने तन्तु भनेकै भाषा, संस्कृति भएकाले राज्यले यसलाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।

संस्कृतिविद् जोशीले नेपालको भाषिक एकीकरणका लागि भानुभक्तकालदेखि भएको योगदानलाई चिरस्मरणीय बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले स्थापनाको ६० वर्ष पुगेकामा प्रतिष्ठानलाई शुभकामना दिँदै सरकारले भाषा, संस्कृतिको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्गोष्टीमा साहित्यका विभिन्न बिधा, दर्शन र नेपाल भारत मैत्री सन्धि आदि विषयमा विमर्श हुने बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले कार्यक्रममा सहभागी हुन भारतका सिक्किम, दार्जिलिङ, सिलिगुढीलगायतबाट नेपाली भाषी साहित्यकारको पनि सहभागिता रहेको जानकारी दिनुभयो ।

भारतबाट आएका नेपाली स्रष्टामध्येबाट मन्तव्य व्यक्त गर्दै समालोचक डा कविता लामाले भूगोल र राजनीतिक अलग भए पनि आफूहरुको भाषा, संस्कृति र साहित्यबीचको तादम्यता समान एवम् सद्भावपूर्ण रहेको बताउनुभयो ।

विसं २०१४ साल असार ९ गते सो प्रतिष्ठानको स्थापना भएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter