• Tuesday, April 29, 2025

भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

Reconstruction Womenकाठमाडौँ, जेठ १४ गते । भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३÷७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ । पहिलो किस्ताको रु ५० हजार लिएका पाँच लाख ३३ हजार ६९१ लाभग्राहीमध्ये २५ हजार २६८ ले घरको जग निर्माण गरी दोस्रो किस्ताको रु एक लाख ५० हजार माग गर्दै निवेदन दिएका छन् । यसमध्ये सात हजार ७५९ घर सहरी विकास मन्त्रालय अन्तर्गत खटिएका इन्जिनियरले प्रमाणित गरेका छन् ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी छ लाख २६ हजार ६९५ लाभग्राही सर्वेक्षणबाट पहिचान भएका थिए । यसमा गुनासो सम्बोधनबाट २७ हजार २१८ लाभग्राही थपिए । यसरी कुल छ लाख ५३ हजार ९१३ लाभग्राही अति प्रभावित १४ जिल्लामा पहिचान भएका छन् ।

यसमध्ये पाँच लाख ५४ हजार ६१४ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । एक हजार ४३८ घरधनीले दोस्रो किस्ताको रु एक लाख ५० हजार बुझेको सर्वेक्षणमा उल्लेख गरिएको छ । भूकम्पबाट कम प्रभावित १७ जिल्लामा ‘भेरिफिकेसन मोडेल’ बाट सर्वेक्षण अन्तिम चरणमा पुगेको छ ।

चालु आवको फागुन मसान्तसम्म स्थानीय तहमा दुई लाख पाँच हजार ३३५ गुनासा दर्ता भएका छन् । दर्ता भएको गुनासामध्ये ९३ हजार ३७४ अर्थात् ४५ प्रतिशत फछ्यौट भएका छन् । बाँकी गुनासा फछ्यौटको चरणमा छ ।

भूकम्पबाट अति जोखिमयुक्त ४७५ बस्तीमध्ये २०० बस्तीको अध्ययन गरी १११ बस्ती स्थानान्तरणका लागि सिफारिस गरिएको छ । निजी आवास पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २३ प्रकारका घरका नमुना स्वीकृत गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आठ हजार ८९१ व्यक्तिको मृत्यु भएको थियो । बाइस हजार ३०२ जना घाइते भए । हजारौँ सरकारी भवन, सांस्कृतिक सम्पदा, विद्यालय, स्वास्थ्य संस्था, ग्रामीण सडक, पुल, खानेपानी, विद्युत् उत्पादन गृह जस्ता भौतिक संरचना एवम् कृषि जमिन र पर्यटकीय पदमार्गमा समेत क्षति पुगेको छ ।

प्राधिकरणले गरेको विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदनमा यी सबै संरचना पुनःनिर्माणका लागि रु नौ खर्ब ३७ अर्ब ७४ करोड लाग्ने अनुमान छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter