आँपको व्यापार पातलिँदै, भुइँकटहरको बढ्दै

Mangoलहान, असार २२ गते । आँपको व्यापार पातलिँदै जान थालेपछि थोक तथा खुद्रा व्यापारीहरू भुइँकटहरको व्यापारतर्फ आकर्षित हुन थालेका छन् । दुई महिनामै खुद्रा व्यापारीहरूले एक लाख र थोक व्यापारीहरू दुई लाखभन्दा बढी आम्दानी गरेपछि उनीहरू हौसिएका हुन् ।

लहानमा तीन दिनमै एक मेट्रिक टन भुइँकटहर यतिबेला खपत हुने गरेको छ । भारतको सिलगुडीबाट ल्याइने भुइँकटहर लहानका तीसभन्दा बढी ठेलामा व्यापार हुन्छ भन्ने सिरहा सदरमुकाम सिरहा, मिर्चैया गोलबजार, उदयपुरसम्म थोक व्यापारीहरूले भुइँकटहर पु¥याउन व्यस्त रहेको थोक व्यापारी सुरेन्द्र यादव र रञ्जित साहको भनाइ रहेको छ । एउटा भुइँकटहर तीन किलोको हुन्छ भने प्रतिभुइँकटहर खुद्रा बिक्री ८० रुपियाँमा रहने गरेको छ ।

अन्य वर्ष असारको अन्तिम हप्तादेखि सुरु हुने भुइँकटहरको व्यापार यो वर्ष जेठको अन्तिमा हप्तादेखि नै सुरु भएको व्यापारी बताउँछन । थोक व्यापारी यादव र साहका अनुसार यस वर्ष आँपको व्यापार निकै मन्द रहयो । आँप कम फलेको कारण यसको व्यापारले खासै आम्दानी नहुने देखेर अधिकांश व्यापारी आँपबाट कमाउने नाफा यस वर्ष भुइँकटहरको व्यापारबाट नै पूर्ति गर्ने सुरमा लागेको बताउँछन् ।

नेपालमा भुइँकटहरको पर्याप्त उत्पादन नभएका कारण भारतीय बजारबाट ल्याउनु परेको व्यापारीहरूको भनाइ रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter