• Sunday, April 27, 2025

‘क्लिन फिड’ नीति तत्काल लागु गर्न माग

FNJ Officeकाठमाडौँ, असार २७ गते । नेपाल पत्रकार महासङ्घले विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण ‘क्लिन फिड’ नीति तत्काल लागू गर्न माग गरेको छ ।

आगामी साउन १ देखि पूर्णरूपमा कार्यान्वय हुनुपर्ने नीति कार्यान्वयनको सम्मुखमा पुगेर अहिले पुनः विवादित भनाइहरू आएकामा महासङ्घ गम्भीर चासो र सरोकार प्रकट गरेको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“क्लिन फिड नीति विज्ञापनको विषय मात्र नभएर नेपाली मिडिया उद्योगको विकास र राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो, विज्ञप्तिमा भनिएको छ– “थुप्रै मुलुकमा अभ्यास भइरहेको र नेपालमै पनि अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त कतिपय मिडिया क्लिन फिड स्वरुपमै प्रसारण भइरहेको परिपेक्ष्यमा विदेशी टीभी च्यानलको नेपालमा प्रसारण हुँदा क्लिन फिड नीति लागू गर्न हिच्किचाउनुपर्ने अवस्था छैन ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter