• Tuesday, April 29, 2025

भक्तपुरमा पर्यटकबाट दोब्बर आम्दानी; धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

File Photo

नगरकोट, साउन ८ गते । भक्तपुर भ्रमण गर्ने पर्यटकबाट उठ्ने शुल्क आर्थिक वर्ष २०७२/७३ भन्दा आर्थिक वर्ष २०७३÷७४ मा दोब्बरले वृद्धि भएको छ ।

भक्तपुर नपाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले गएको आर्थिक वर्ष पर्यटन सेवा शुल्कबाट नपाले १९ करोड ९५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२÷७३ मा भने १० करोड ९२ लाख ७५ हजार रुपैयाँमात्रै आम्दानी भएको थियो ।

भक्तपुर नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ९५ हजार ५६ जना बाह्य पर्यटक भक्तपुर पुगेका थिए । गएको आर्थिक वर्षमा भने एक लाख ८१ हजार तीन सय ५० जना पर्यटक भक्तपुर नगर पुगेका हुन् जुन ९०.७८ प्रतिशतले वृद्धि हो ।

नपाले भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरुसँग करिब १४ वटा नाकाबाट शुल्क उठाउँदै आएको छ । नपाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकहरुसँग प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क लिँदै आएको छ ।
भक्तपुर भ्रमण गर्ने पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ । यो वर्ष ९०.७८ प्रतिशतले जिल्लाको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ र त्यसपछिका परकम्पले ठप्प हुन पुगेको भक्तपुरको पर्यटन पछिल्लो समय आशा लाग्दो भएको हो ।

पर्यटन सेवा शुल्क भक्तपुर नपाको आन्तरिक आम्दानीको प्रमुख स्रोत हो । पर्यटन सेवा शुल्कबापत उठेको रकमबाट नै ६ वटा कलेजको सञ्चालनसँगै सम्पदा संरक्षण गर्दै आएको नपाले दावी गर्दैआएको छ ।

धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ का खडकराज पन्तले पर्यटनलाई कृषिसँग जोड्ने प्रयास थाल्नुभएको छ ।

पर्यटन व्यवसायमा २० वर्ष लामो अनुभव हासिल गर्नुभएका उहाँ धुलिखेलस्थित फस्कोटको थुम्का डाँडालाई छनोट गरेर त्यहाँ पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार विकासमा लागिरहनु भएको छ ।

उहाँले भन्नुभयो – “मुस्ताङमा खेर गएको स्याउलाई नयाँ प्रविधिमा रुपान्तरण गरे झै यहाँबाट उत्पादन भएको आलुको चिप्स वा गाजरको हलुवा बनाएर पर्यटकको आर्कषण वढाउन सकिन्छ ।”

पर्यटन क्षेत्रमा रहेर गरेको पदयात्राको अनुभवलाई पर्यटन क्षेत्रको विकासमा लगाउन उहाँल उद्यत हुनुहुन्छ । उहाँले त्यस क्षेत्रमा फूल फुल्ने र पानी कम आवश्यक पर्ने विभिन्न प्रजातिको बिरुवा रोपेर हराभरा बनाउनुभएको छ ।

“मैले पर्यटनमार्फत समाज रुपान्तरणको पक्षमा काम गर्न कोशिश गरेको छु,” उहाँले भन्नुभयो ।
पन्तले सामुदायिक होम स्टेका लागि करिव रु ६ लाखको लगानीमा त्यस क्षेत्रमा २ वटा घर बनाउन लागेको र सात रोपनी जग्गामा आकर्षक पर्यटक गन्तब्य बनाउने योजना रहेको जानकारी दिनुभयो ।

तीन वर्षदेखि निरन्तर पर्यटन पूर्वाधारको विकासमा समय खर्चनुभएका पन्तले झण्डै रु ३ लाखको व्यक्तिगत लगानीमै खानेपानीको समस्या हल गरेको बताउनुभयो । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रबाट जाडो मौसममा अन्नपूर्ण, मनास्लु, गणेश, जुगल, लाङटाङ हिमशृङखलाको समेत अवलोकन गर्न पाइन्छ ।

सदरमुकाम धुलिखेलबाट दक्षिणपूर्व ६ किलोमिटर दूरीमा रहेको उक्त क्षेत्रमा जान बाटोको समस्या देखिएको छ । धुलिखेललाई पर्यटकीय गन्तब्यको रुपमा लिइएकाले यहाँ आन्तरिक र बाहय पर्यटकको चहलपहल बढी देखिन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter