• Thursday, May 01, 2025

अब मुलुकमा ७७ जिल्ला कायम हुन्छ – कानून मन्त्री

government logoकाठमाडौँ, साउन २१ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले तेस्रोचरणको स्थानीय तहको निर्वाचनमा होमिइसकेका मतदातालाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “प्रदेश नम्बर– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको मात्र होइन, समग्र निर्वाचनको माहौल बनाउन राष्ट्रिय जनता पार्टीले उठाएका जायज मुद्दालाई भने सम्बोधन गर्न जरुरी छ । ”

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मधेशमा उठेका जायज मुद्दालाई सम्बोधन गर्न संविधान संशोधनमा सहयोग पु¥याउनुपर्छ भन्दै उहाँले संशोधनका लागि आवश्यक वातावरण बनाउन सरकारले प्रयत्न गरिरहेको छ भन्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र गणतन्त्र कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रालयलाई धेरै कानून निर्माण गर्नुपर्ने दायित्व रहेको बताउँदै मन्त्री थापाले त्यस क्रममा ५१ वटा विधेयक पारित गरी ऐन, कानून निर्माण भइसकेको जानकारी दिनुभयो ।

प्रदेशको सीमा निर्धारण गर्ने सन्दर्भमा नवलपरासी र रुकुमका आधा–आधा भाग फरक प्रदेशमा परेकाले अब ७७ वटा जिल्ला समन्वय समिति गठन हुने पनि कानून मन्त्री थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “अब मुलुकमा ७५ होइन, ७७ जिल्ला नै कायम हुन्छ, त्यसमा ढुक्क रहनुहोस् ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter