महान्यायाधीवक्तामा वसन्तराम भण्डारीको नाम सिफारिस
काठमाडौँ, साउन ३२ गते । सरकराले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको नाम सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको नाम सिफारिस गरेको थियो ।
तर, सरकरले अन्तिम अनुमोदनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज उनको सिफारिस पठाएको हो । प्रचण्ड नेतृतवको सरकारका पालामा बनेका रमण श्रेष्ठले पदबाट केहीदिन पहिलो राजीनामा दिएपछि महान्यायाधिवक्ता पद खाली थियो ।