• Tuesday, April 29, 2025

भूकम्प पीडितका लागि राष्ट्र बैंकको निर्देशन अझै कार्यान्वयन भएन

Nepal Rastra Bankनुवाकोट, भदौ २ गते । भूकम्पपीडितलाई बैंँक तथा वित्तीय संस्थाले सामूहिक जमानी र सहुलियत ब्याज दरमा ऋण दिन नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन ।

भूकम्पपीडितलाई आवास निर्माण गर्न नेपाल सरकारले दिने रु तीन लाख अनुदान अपुग भएको गुनासोपछि सामूहिक जमानी र सहुलियत ऋण प्रवाहमा नुवाकोटमा रहेका बैंँक तथा वित्तीय संस्थाले अघि नबढाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले जनाएको छ ।

आवास निर्माण गर्न प्रभावितलाई नेपाल सरकारले किस्ताबन्दीमा दिने रु तीन लाखले घर बनाउन रकम अपुग भएपछि बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई बिनाधितो सामूहिक जमानीमा रु तीन लाख ऋण दिने जनाए पनि यहाँ त्यसको पालना नै नभएकोे जिल्ला सचिवालयका निमित्त प्रमुख बेदप्रसाद गौडेलले बताउनुभयो ।

“भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग पु¥याउन तीन लाख रुपैयाँ अनुदानसहित सामूहिक जमानीमा थप तीन लाख र सहुलियत ब्याजदरमा २५ लाखसम्म ऋण दिने भनिएको हो ।” निमित्त प्रमुख गौडेलले भन्नुभयो “केन्द्रबाट जारी निर्देशन जिल्लाका बैंकसम्म नआइपुगेको भन्दै कार्यान्वयन उदासिन देखिएका छन् ।”
भूकम्पले क्षति पुगेका निजी आवास निर्माणलाई प्रोत्साहन गर्न पुनःनिर्माण प्राधिरकणले घोषणा गरेअनुसार सुविधा उपलब्ध नहुँदा प्रभावित नयाँ घर बनाउने आकर्षण निकै कम रहेको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयकाअनुसार साउन तेस्रो सातासम्ममा जिल्लामा पाँच हजार सय ४९ घरको पुनःनिर्माण भएको छ । वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ६५ हजार ७५९ घर पूर्ण क्षति भएकामा आवास निर्माण गर्न ६२ हजार ३७४ धरधुरीले अनुदान सम्झौता गरेका छन् ।

सम्झौता गरेकामा ६२ हजार ६३ घरधुरीले पहिलो किस्ताबापत रु पचास हजार लिएपनि घर बनाउनेको संख्या निकै कम छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter