• Monday, April 07, 2025

जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने

school

कञ्चनपुर, भदौ १३ गते । कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी अब सामुदायिक विद्यालयमा पढने भएका छन् ।

सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिनका लागि यो अभियान सञ्चालन गरिएको हो ।

नगरपालिकाले नीति तथा कार्यक्रममै राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जननिर्वाचित प्रतिनिधि र राजनीतिक दलका नेताका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढने व्यवस्था मिलाउन अभियान सञ्चालन गर्ने जनाएको छ ।

राज्यको ठूलो लगानी शिक्षामा गरिएको भए पनि प्रतिफल शून्य भएकाले सरकारी विद्यालयप्रतिको घट्दै गएको अभिरुचि जगाउनका लागि समाजका अगुवाका रुपमा रहेका समुदायका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अभियान सञ्चालन गरिएको नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

आफै सरकारी विद्यालयमा पढाउने शिक्षकलेसमेत छोराछोरीलाई निजी विद्यालयमा पढनका लागि पठाउने गरेको पाइएको छ उहाँले भन्नुभयो, “यसलाई निरुत्साहित गरी सामुदायिक विद्यालयमासमेत निजी विद्यालयको भन्दा गुणस्तरीय पढाइ गर्नका लागि कार्य अगाडि बढाएका छौँं ।”

समाजका अगुवाका छोराछोरीले सरकारी विद्यालयमा पढन थालेपछि सरकारी विद्यालयको खस्कदै गएको छविमा सुधार भई सहज र सुलभ रुपमा पढने वातावरण कायम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न र भौतिक पूर्वाधार विकासका लागि आवश्यकताका आधारमा बजेटको व्यवस्था गर्न प्रतिवद्ध भएको प्रमुख ऐरले बताउनुभयो ।

“विद्यालयका परिणामका आधारमा उपलव्ध गराउने गरी रु आठ करोड बजेटको व्यवस्था गरिएको छ”उहाँले भन्नुभयो । नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले यस अभियानलाई अगाडि बढाउनका लागि सबैको सहयोगको खाँचो रहेको बताउनुभयो ।

“सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउनका लागि समाजका अगुवाहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालेपछि दृष्टिकोणमा समेत परिवर्तन आउने छ” अधिकृत बुढाले भन्नुभयो ।

शुक्लाफाँटा नगरपालिकामा आधारभूत तहको पढाइ हुने सामुदायिक विद्यालय १८ र माध्यमिक तहको पढाइ हुने विद्यालयको संख्या नौ रहेको छ । दुबै तहका विद्यालयमा गरी झण्डै आठ हजारभन्दा बढी बालबालिका अध्ययनरत् छन् । नगरपालिकामा निजी विद्यालय २७ वटा छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter