• Tuesday, April 29, 2025

भूमण्डलीय तापक्रम वृद्धिले नेपालका पर्वतीय क्षेत्र प्रभावित

climate-copenhagenकाठमाडौँ, कात्तिक १७ गते । संयुक्त राष्ट्रसंघीय शैक्षिक–वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)का लागि नेपालका स्थायी प्रतिनिधि अम्बिका लुइँटेलले भूमण्डलीय तापक्रम वृद्धिका कारण नेपालका पर्वतीय क्षेत्र नराम्ररी प्रभावित भएकाले त्यसको न्यूनीकरणका लागि उपयुक्त कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभएको छ ।

युनेस्कोको ३९औँ साधारणसभालाई बिहीबार पेरिसमा सम्बोधन गर्दै उहाँले भूमण्डलीय तापक्रम वृद्धि हुन नदिने उपाय गर्नुपर्नेमा जोड दिनुभयो ।

युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि लुइँटेलले भूमण्डलीय तापक्रम वृद्धिले नेपालका पर्वतीय क्षेत्रमात्र नभई त्यसले नेपालसहित समग्र दक्षिण एशियाको जैविक विविधतामा क्षति पु¥याएको उल्लेख गर्दै जीवमण्डल र मानव जातिको महत्व तथा अन्तर्राष्ट्रिय जलविज्ञान कार्यक्रमका उपादेयताबारे चर्चा गर्नुभयो ।

फ्रान्सका लागि नेपाली राजदूतसमेत रहनुभएकी लुइँटेलले जलवायु परिवर्तन र भूमण्डलीय तापक्रम वृद्धिविरुद्ध लड्न तथा पारिस्थितिक पद्धति संरक्षणका लागि नेपालमा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र स्थापना हुनु एक आधारशीला हो भन्नुभयो ।

युनेस्कोको सहयोगमा भूकम्पबाट भत्किएका सांस्कृतिक सम्पदाको पुनःनिर्माण एवं पुनःस्थापना भइरहेको पनि उहाँले जानकारी दिनुभएको पेरिसस्थित नेपाली राजदूतावासले जनाएको छ ।

गत सोमबारदेखि शुरु भएको साधारणसभामा १९५ सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख एवं मन्त्रीले भाग लिइरहेका छन् । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter