• Thursday, April 10, 2025

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

Prakash Dahalकाठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो।

निधनको घोषणा भने परिवारका सदस्यहरु आएपछि गर्ने बताइएको छ। चुनावी सभालाई सम्बोधन गर्न झापा पुगेका अध्यक्ष दाहाल केहीबेरमै काठमाडौं पुग्नेछन्। उनी हेलिकोप्टरमार्फत् काठमाडौं आउँदैछन्।

यता चितवनबाट दाहालकी छोरी रेणु दाहाल पनि काठमाडौं आउँदैछन्। प्लेन आउन ढिला भएपछि उनी पनि होलिकोप्टरबाट काठमाडौं आउने तयारी गरेकी छन्।

सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter