प्रदेश नं. ३ को पहिलो बैठक सम्पन्न, सभामुखको निर्वाचन माघ २७ मा

Province 3 Meetingहेटौँडा, १८ माघ संघीय नेपालको पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक प्रदेश नम्बर ३ को हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा सम्पन्न भएको छ । आज दिउँसो १ बजे बसेको बैठकले यही माघ २७ गते दिउँसो ३ बजे प्रदेश नम्बर ३ को सभामुख चयनका लागि निर्वाचन गर्ने तय गरेको छ ।

बैठकमा ८ दलका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए । एमालेबाट सांसद बनेकी अष्टलक्ष्मी शाक्यले विकाश र समृद्धिको सम्भावना बोकेको प्रदेश ३ लाई सबै मिलेर समृद्धिको बाटोमा लाने प्रण गरेकी थिइन् ।

त्यस्तै बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका शालिकराम जमरकट्टेलले भने – ‘विगतमा धेरै तिक्तताहरु थिए, सबै आ–आफ्नै बाटोमा थियौँ । अहिले सबै एकै ठाउँमा आइपुगेका छौँ, अब विकाश र समृद्धिमा लाग्नुको विकल्प छैन ।’

त्यस्तै कांग्रेसबाट सांसद बनेका इन्द्रबहादुर बानियाँले बैठकलाई सम्बोधन गर्ने क्रममा भने – ‘अल्पमत र बहुमतको नाममा अल्पमतलाई पेल्ने काम नहोस् र अल्पमत ल्याएका दलको पनि सम्मान होस् ।’

बानियाँले आफूहरु रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको बताउँदै प्रदेश नम्बर ३ को राजधानी हेटौँडाबाट नसार्न पनि आग्रह गरे ।

बैठकमा नेमकिपाका सुरेन्द्र गोसाईँ, नयाँ शक्तिका प्रेम तामाङ, राप्रपाकी रिचा माझी, राप्रपा प्रजातान्त्रिककी रिना गुरुङ र विवेकशील साझाका रमेश पौडेलले आफ्नो धारणा राखेका थिए । नयाँ पत्रिका

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter