• Tuesday, April 29, 2025

भारतीय विदेश मन्त्री स्वदेश प्रस्थान; प्रधानमन्त्री देउवासँग विदेशमन्त्री स्वराजको भेट

Sushma Swarajकाठमाडौँ, माघ १९ गते । भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभयो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गर्नुभयो ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरक नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवासँग विदेशमन्त्री स्वराजको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मैत्रिपूर्ण भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध आगामी दिनमा अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा विदेशमन्त्री स्वराजले नेपालले नयाँ संविधानअनुसार स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै यसले नेपालमा लोकतन्त्र संस्थागत होस् भनी शुभकामना दिनुभएको परराष्ट्र सल्लाहकार डा भट्टराईले बताउनुभयो ।

दुईदिने नेपाल भ्रमणका लागि बिहीबार यहाँ आइपुग्नुभएकी विदेशमन्त्री स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

विदेशमन्त्री स्वराजसँग बिहीबार राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु र आज संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गर्नुभएको थियो । उहाँ आजै स्वदेश फर्कने कार्यक्रम छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter