• Thursday, May 01, 2025

फोटो पत्रकारको राज्यबाट सुरक्षा हुनुपर्ने

Vice President Punकाठमाडौँ । राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।

आज भृकुटीमण्डपमा नेपाल फोटो पत्रकार समूह(एनएफपिजे)द्वारा आयोजित अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटनका क्रममा हजार शब्दभन्दा एउटा तस्वीरको महत्व सयौँ गुण बढी हुने बताउँदै सत्यतथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारले राष्ट्रका लागि पु¥याएको योगदान प्रशंसा गरे ।

कार्यक्रममा रक्षामन्त्री भीमसेनदास प्रधानले सत्य र निष्ठाको अर्काे नाम फोटो पत्रकारिता भएको बताए । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले फोटो पत्रकारसँग समाज रुपान्तरण गर्ने शक्ति, सामथ्र्य र प्रभाव हुने विचार व्यक्त गरे । एनएफपिजेका अध्यक्ष ध्रुव आले र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले फोटो पत्रकार समाजको ऐन भएकाले राज्यबाट तिनको सुरक्षा हुनुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल मुद्रण संघका अध्यक्ष माधव केसी, नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डे, एनएफपिजेका सचिव प्रदीपराज वन्तलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा विभिन्न सञ्चारमाध्यमसँग सम्बन्धित दीपक केसी, सरोज बादे, राजेश गुरुङ र स्कन्द गौतमलाई जनही ५० हजार, २० हजार, १५ हजार र पाँच हजार प्रदान गरी सम्मान गरिएको थियो । प्रदर्शनीमा भारत, चीन, जापानलगायत देशमा निर्माण भएका सञ्चार क्षेत्रसँग सम्बन्धित उपकरण, पुस्तक आदि राखिएका छन् । प्रदर्शनी यही माघ २१ गतेसम्म चल्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter