• Wednesday, May 28, 2025

टमाटर खेतीबाट मासिक एक लाख आम्दानी

Vegetable farmingबाँके, वैशाख २४ गते । वर्दियाको गेरुवा गाउँपालिका प्रसेनीपुरका ठाकुरप्रसाद थारू टमाटर खेतीबाट एक वर्षमा १२ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँका धेरै युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गए पनि थारूले भने गाउँमै बसेर तरकारी खेतीबाट राम्रो आर्थिक लाभ लिन सफल हुनु भएको छ ।

नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा उच्च शिक्षाको अध्ययन पूरा गरेपछि थारू गाउँमै पुगेर व्यावसायिक खेतीमा जुट्नुभएको हो ।

थारूले आधुनिक तरिकाबाट टमाटर खेती गरिएका कारण उत्पादन बढी भएको बताउनुभयो । उहाँले इजरायली प्रविधिबाट इन्ड्याम ९५०२ जातको टमाटरको समेत उत्पादन गरेको बताउनुभयो

थारूले उत्पादित टमाटरको बजार अभाव समेत नभएको भन्दै आफूले उत्पादन गरेको टमाटर स्थानीय बजारसँगै बर्दिया सदरमुकाम गुलरिया र नेपालगञ्जसम्म समेत पुग्ने गरेको बताउनुभयो ।

प्रसेनीपुरमा मोर्डन कृषि फर्म रहेको छ । थारूद्वारा सञ्चालित कृषि फर्ममा आधुनिक तरिकाबाट टमाटरलगायत अन्य तरकारी खेती भइरहेको छ । थारूले मिहिनेत गरेमा आफ्नो गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।

काम गर्न सके यहीँ पनि राम्रो लाभ लिन सकिन्छ, थारूले भन्नुभयो, यसका कारण गाउँमै केही गर्छु भन्ने इच्छाशक्ति हुनु पर्दछ । उहाँले व्यावसायिक तरकारी खेतीबाट गाउँघरमै राम्रो आम्दानी हुने भन्दै विदेश जानैपर्ने अवस्था नभएकोसमेत बताउनुभयो ।\

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter