• Monday, June 09, 2025

विराटनगरबाट सबेरै बुद्धले दैनिक उडान भर्ने

काठमाडौं, जेठ १०। बुध्द एयरले यहि जेठ १८ गते (जुन १) बाट दैनिक विराटनगर – काठमाण्डौ बिहानी उडान गर्न लागेको छ । विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ। जहाज ७:४० बजे काठमाडौंमा अवतरण गर्नेछ।buddha air night and early flight from Biratnagar
यसैगरि काठमाडौंबाट साँझ ६ बजे विराटनगरको उडान पनि थपिएको छ। सो जहाज बेलुका विराटनगरमै बस्ने कम्पनीले प्रेस विज्ञप्तिमा जनाएको छ। विराटनगरमा रात्रि विश्रामले आर्थिक हिसाबले कम्पनीलाई थप व्ययभार पर्ने निश्चित छ। यसो गर्दा यात्रुहरुलाई समयमा नै गन्तव्यमा पुग्न सजिलो हुने कम्पनीले बिश्वास लिएको छ।
विहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौं त्रिभुवन विमानस्थलमा अत्यधिक उडानहरुको चापले गर्दा प्रायः विभिन्न घरेलु उडानहरु विलम्व हुने गरेको छ। साँझ ६ बजेको उडान थपिनुको मुख्य कारण पनि यही नै हो।
यस उडानबाट कामकाजीहरुलाई एक दिनमै काठमाण्डौमा आफ्नो काम सकेर बेलुका विराटनगर फर्किन सहज हुने कम्पनीको विश्वास छ। यसअघिका उडानहरु काठमाडौंबाट उडान भरि फेरि काठमाडौं नै फर्किने गरेको थियो ।
रात्रिकालिन उडान अवतरणका लागि विराटनगरमा VORDEM / RNAV-GNSS प्रविधि तथा रनवे लाईट जडान भइसकेको छ । कम भिजिविलिटीमा पनि यस प्रविधिबाट जहाज उडान तथा अवतरण गर्न सक्छ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter