• Monday, June 02, 2025

बुद्ध एयरले वाराणसीमा साताको दुइ उडान

पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत

काठमाडौं, जेठ १२। नेपाली विमान कम्पनी बुध्द एयरले भारतको ऐतिहसिक तथा धार्मिक नगरी वाराणसीमा आउँदो असार १५ गतदेखि साताको दुई उडान गर्ने भएको छ
बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले दुई पौराणीक नगरी काठमाण्डौ र वाराणसी लाई नेपालको बुध्द एयरले मात्रै हवाई उडानबाट जोडेको बताए ।
बुध्दले वाराणसीमा यसअघि मासिक दुई उडान भर्ने गरेको थियो ।
बुध्द एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु/तिर्थालुहरुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने छ ।
प्रेस कन्फरेन्समा निर्देशक बस्नेतले नेपालगञ्ज तथा भारतको नयाँदिल्ली उडानबारे पनि संक्षिप्त चर्चा गरेका थिए । यसका लागि कम्पनीले यही साताभित्रै मन्त्रालय तथा विभागहरुमा निवेदन बुझाउने छ ।
बुध्द एयरका रिसर्च तथा डेभलपमेण्ट विभागकी आस्था बस्नेतले कम्पनीको वेवपोर्टल तथा प्याकेजहरुबारे चर्चा गरेकी थिइन् । नयाँ बन्न लागेको वेवपोर्टल युजर फ्रेण्डली हुने र यसबाट केही क्लिकमै नेपालका पर्यटकीय तथा तिर्थस्थलहरुबारे सजिलै जानकारी पाउने बताइन् । वेवपोर्टलमा नेपालका रमणीय स्थलहरुसम्बन्धी मल्टिमिडिया तथा फोटो फिचरहरु हुनेछन् ।
आरएण्डीकी एक्जुकेटिभ अफिसर बस्नेतले बुध्द एयरको होलिडे प्याकेजहरुबाट बुद्ध एयरलाई मात्र नभई सबै सरोकारवालाहरुलाई उत्तिकै फाईदा हुने प्रष्ट पारिन् । प्याकेजबाट होटल, ट्रान्सर्पोटेसन, टुर गाईड लगायत अन्य सबैलाई फाईदा हुनेछ ।
बुध्द एयरले केही साता अगाडी मात्रै “पशुपतिनाथ दर्शन” र “विविध वाराणसी” यात्राबारे भिडियोहरु सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।
भारतीय तथा विदेशी पर्यटकका लागि टेम्पल रन, टेल अफ टु भ्यालिज, टेम्पलस एण्ड टाईगर्स तथा मनकामना, जानकी, मुक्तिनाथ दर्शन तथा अन्य प्याकेजहरु पनि छन् । यसैगरि नेपाली यात्रुहरुको लागि वाराणसी, सारनाथ, गया, बोधगया, इहालावाद, प्रयाग, अयोध्यालक्षित प्याकेजहरु पनि रहेको उनले बताइन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter