• Friday, May 16, 2025

फोरम पनि सरकारमा, संविधान संशोधनका लागि सरकार तयार

Forum_Goveकाठमाडौं १४ जेठ। नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुंदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच करिब दुई घण्टा वार्ता भएपछि सहमती भएको हो । सहमति अनुसार फोरम नेपाल अब सरकारमा सामेल हुने भएको छ ।
सहमति अनुसार संघीय समावादी फोरम,नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित बिषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ । सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । यसैगरी सहमतीको अर्को बुंदामा भनिएको छ , उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम,नेपाल सरकारमा सामेल हुनेछ ।

नेकपासँग सहमतिको संकेत पाएको फोरम नेपालले सरकारको नीति तथा कार्यक्रममा हालेको संशोधन प्रस्ताव आइतबार फिर्ता लिएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter