गणतन्त्र कोरियामा ‘कोटा’ वृद्धिबारे छलफल

EPs_Koreaकाठमाडौँ, साउन ७ गते । नेपाल र गणतन्त्र कोरियाबीच रोजगारी अनुमति प्रणालीअन्तर्गत थप नेपाली श्रमिकलाई अवसर दिनेबारे छलफल भएको छ ।

नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठकमा कोरियामा कार्यरत नेपाली कामदारको हकहित तथा सुरक्षाका साथै पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरियाली विदेश मन्त्रालयमा आज भएको उक्त बैठकमा नेपाल–कोरिया सम्बन्धका समग्र पक्षको समीक्षा गरिएको थियो भने उच्चस्तरीय भ्रमण आदानप्रदान, पर्यटन, व्यापार, लगानी, नागरिक उड्डयन, मानव संशाधन विकासबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाली पक्षको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल र कोरियाको नेतृत्व त्यहाँको विदेश मन्त्रालयमा दक्षिण एशिया तथा प्रशान्त विभागका महानिर्देशक किम युन योङले गर्नुभएको थियो ।

नेपाल र गणतन्त्र कोरियाबीच सन् २००१ मा परामर्श संयन्त्र गठन भएको थियोे । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter