‘एक घर एक धारा’ अभियान

Drinking waterबैतडी, साउन ३१ गते । बैतडीको दोगडाकेदार गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिएको छ । स्थानीय पानीको स्रोतको खोजी गरी गाउँपालिकाका चार हजार ५०० घरधुरीमा खानेपानी धारा पु¥याइने भएको छ ।

प्रत्येक घरमा धारा पु¥याउने उद्देश्यले खानेपानीको पहँुचबाहिरका नागरिकलाई सौर्य पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था गर्न लागेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । विभिन्न चार वटा सोलार पम्पिङ प्रणालीबाट खानेपानी आयोजना सम्पन्न भइसकेको छ । वडा नं ३ श्रीकोटमा होपरी खानेपानी आयोजना थामु, वडा नं २ मा डाडाइजर खानेपानी आयोजना, वडा नं ५ न्वालीमा भल्वा खानेपानी आयोजना र वडा नं ६ मा लेक खानेपानी आयोजना सम्पन्न भएको उहाँले बताउनुभयो ।

सौर्य पम्पिङ प्रणालीबाट खानेपानीका लागि गत वर्ष नै एक करोडभन्दा बढी रकम विनियोजन भएको थियो । गाउँपालिकाले गत वर्ष चार वटा सोलार पम्पिङ प्रविधिबाट ३२ वटा खानेपानी आयोजना निर्माण गरेको जनाएको छ । सोलार पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था भएसँगै त्यस क्षेत्रका नागरिकलाई सजिलो भएको छ । अगामी ४ वर्षमा दोगडाकेदारवासीको प्रत्येका घरमा पानीको धारा पु¥याउने उद्देश्यले एक घर एक धारा अभियान चलाइएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter