• Monday, April 07, 2025

हनुमन्ते सफाइमा ६ टन फोहर संकलन

Garbageभक्तपुर, भदौ २ गते । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २५ औं हप्तामा ६ टन फोहर सङ्कलन गरिएको छ । मध्यपुृरथिमि नगरपालिकाको लोकन्थलीदेखि जडीबुटीसम्मको क्षेत्रमा भएको सरसफाइको आज नेपाल रेडक्रस सोसाइटी भक्तपुरका अध्यक्ष मनोजकुमार थापाले शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहर फाल्ने कामलाई अब सधैँको लागि बन्द गर्नुपर्ने बताउँदै हनुमन्ते करिडोर निर्माण सम्पन्न भएसँगै ढल खोलामा बग्न बन्द हुने बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा जिल्लाका विभिन्न सङ्घ संस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

सन् २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजसम्म करीब २६६ टन फोहर सङ्कलन भएको र अहिलेसम्मको अभियानमा ३७० जनाको प्रत्यक्ष सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter