• Thursday, May 01, 2025

वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्ने

Pollutionकाठमाडौँ, कात्तिक १६ गते । नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वायु प्रदूषण तथा स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा भएको प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा विकासोन्मुख साना टापु मुलुकलाई औद्योगिक राष्ट्रले ज्ञान, सीप र प्रविधिका माध्यमबाट सघाउनुपर्ने बताउनुभयो ।

हावाको गुणस्तर सुधार, जलवायु परिवर्तन प्रतिरोध र जीवन जोगाउने विषयमा केन्द्रित रहेर मन्तव्य व्यक्त गर्दै उहाँले हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगण्य भूमिका रहेको स्पष्ट गर्दै त्यसको विषम प्रभावबाट नेपाल पनि अछुतो नरहेको बताउनुभयो । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्थायी नेपाली नियोगका अनुसार मन्त्री यादवले वायु प्रदूषण नियन्त्रणमा नेपालको अनुभव, वायु प्रदूषण हुन नदिन नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमबारे जानकारी दिनुभयो ।

स्वच्छ वायुमण्डल र पर्यावरणको सुनिश्चितताका निम्ति जलविद्युत् उत्पादन एवं आपूर्ति, विद्युतीय सवारी साधनको थालनी, डिजेलबाट सञ्चालन हुने यन्त्रको अति कम प्रयोग, सौर्य ऊर्जाको उपयोग, सवारी साधनको वायु प्रदूषणस्तर मापन अनिवार्य गर्नुका साथै फोहरमैलाको उचित व्यवस्थापनलाई प्राथमिकतासाथ कार्यान्वयन गरिएको उहाँले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter