• Monday, April 07, 2025

जलवायु परिवर्तन असरका विषयलाई प्राथमिकता

Climate Changeकाठमाडौँ, मङ्सिर १२ गते । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन ९कोप–२४० मा जलवायु परिवर्तनका असर बारेका विषयलाई प्राथमिकताका साथ उठाइने बताउनुभएको छ ।

संयुक्त अधिराज्य बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग ९डिएफआइडी० को प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले जलवायु परिवर्तनमा बढी योगदान रहेका राष्ट्रहरु, नेपालजस्ता समस्या सिर्जना गर्नमा कम भूमिका भएका वा भूमिकै नभएका मुलुकको हितमा गम्भीर बन्नुपर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा हिउँको तह पातलिँदै गएको, पहाडमा पहिरो र भू–क्षयको समस्या विकराल बनेको तथा तराई क्षेत्र बाढीको चपेटामा परेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विभिन्न योजना बनाएर कार्यान्यवनमा गएको भए पनि उक्त समस्या विश्वव्यापी भएकाले घरेलु समाधान मात्र पर्याप्त नहुने बताउनुभएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

नेपालजस्तै जलवायु परिवर्तनमा न्यून भूमिका भएका तर, त्यसबाट अतिप्रभावित तेस्रो विश्वका मुलुकको हितमा नेपालले विषय उठाउने मन्त्री बस्नेतले जानकारी दिनुभयो । कोप २४ मा यो वर्ष नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा मन्त्री बस्नेतसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुँदैछ ।

मन्त्री बस्नेतले भन्नुभयो, “हामी कोप २४मा वातावरणीय परिवर्तनमा नगन्य भूमिका भएका तर, त्यसको असरबाट अतिप्रभावित विश्वका अन्य मुलुकसँग कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारेको एजेण्डालाई छलफलमा लाँदैछौं ।” सो अवसरमा डिएफआइडीको प्रतिनिधिमण्डलले नेपालले जलवायु परिवर्तनमा उठाउन लागेको कार्यसूचीमा आफ्नो सरकारको सहयोग रहने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter