• Monday, June 09, 2025

‘साना कुरामा ध्यान दिए पनि मिर्गौलासम्बन्धीको रोग लाग्दैन’

काठमाडौँ, फागुन ३० गते । सामान्यरुपमा खानपान तथा व्यायाममा ध्यान दिनसके मिर्गौलासम्बन्धीको रोग नलाग्ने चिकित्सकले बताएका छन् ।

उच्च रक्तचाप र मधुमेह भएका बिरामीलाई मिर्गौलासम्बन्धीको रोग लाग्ने सम्भावना अधिक हुने भएकाले साना कुरामा ध्यान दिनसके पनि रोगबाट बच्न सकिने मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बताउनुभयो ।

विश्व मिर्गौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेसनद्वारा आज राजधानीमा आयोजित सचेतनामूलक कार्यक्रममा डा बस्नेतले विश्वमा मृत्युको प्रमुख कारणको छैटौँ स्थानमा रहेका मिर्गौला रोग नेपालमा हरेक वर्ष बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार विश्वमा हरेक वर्ष २४ लाख मानिसको मिर्गौला रोगका कारण ज्यान जाने गरेको छ ।

“मधुमेह र उच्च रक्तचाप नै मिर्गौला फेल गराउने प्रमुख कारण रहेको छ”, उहाँले भन्नुभयो, “रोग लाग्नबाट बच्नका लागि दैनिक पसिना आउने गरी व्यायाम गर्ने, तनाव मुक्त गर्ने, नुन कम खाने, पानी प्रशस्त मात्रमा पिउने, धु्रमपान मध्यपान नगर्ने, दुखाइ कम गर्ने औषधि जथाभावी नखाने र हरेक वर्ष मिर्गौलाको परीक्षण गर्ने गर्नुपर्छ ।”

सो अवसरमा उप्रप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विभिन्न कारणले वातावरण प्रदूषित हुँदै गएको, खानेकुरामा विषादीको मात्रा बढ्दै जानुले पनि समस्या बढेको भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

शारीरिक अभ्याससँगै खानपानमा ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री यादवले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा मिर्गौला र क्यान्सर रोग ठूलो समस्याको रुपमा बढ्दै गएकोमा मन्त्री यादवले चिन्ता प्रकट गर्नुभयो ।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले जनतालाई सजक बनाउन सचेतनामूलक कार्यक्रम जरुरी रहेको उल्लेख गर्दै नेपाल किड्नी फाउण्डेशनको कामको प्रशंसा गर्नुभयो । फाउण्डेशनले अहिलेसम्म ३५ हजारको निःशुल्क चेकजाँच गरिसकेको र सचेतनामूलक कार्यक्रम नियमित गर्दै आएको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिनुभयो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter