• Tuesday, April 29, 2025

नयाँ निजी विद्यालय सञ्चालनको अनुमति नदिइने

ललितपुर, चैत ४ गते । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ ।

नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।

महानगर क्षेत्रभित्र १८२ निजी र ४० संस्थागत गरी कुल २२२ विद्यालय छन् । नक्साङ्कनको अभावमा कम दूरीमा नै धेरै विद्यालय रहेको नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार कुमारीपाटी, लगनखेल, जावलाखेल लगायतका भित्रि भागमा कम दूरीमा धेरै विद्यालय रहेका छन् ।

अहिले सञ्चालनमा रहेका विद्यालयलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ निजी विद्यालय व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल भइरहेको छ ।”

तीन चार वर्ष पहिलेसम्म निजी विद्यालय बढिरहँदा पनि सामुदायिक विद्यालय समायोजनमार्फत कम भएको महानगरपालिकाले जनाएको छ । त्यसयता भने सामुदायिक विद्यालयको समायोजन हुन नसकेको नगर शिक्षा अधिकारी क्षेत्रीले बताउनुभयो ।

ललितपुर जिल्लामा अहिले नै धेरै विद्यालय भएकाले नयाँ खोल्ने निजी विद्यालयको स्थायीत्व पनि नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाको उद्देश्य विद्यालय सङ्ख्या थप्नेभन्दा भएकालाई कसरी सुधार गर्ने भन्ने नै हो ।”

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको व्यवस्थापनका लागि महानगरपालिकाले जोड दिएको छ ।

‘मास प्रिन्टर’ खरीद प्रक्रिया अघि बढ्यो

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छपाइँमा भएको ढिलाइ हटाउन ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) खरीद प्रक्रिया अघि बढाएको छ ।

विभागले ‘मास प्रिन्टर’ खरीदका लागि गत महीना नै ठेक्का आह्वान गरेको थियो । यसका लागि विभागमा परेका तीन वटा निवेदनको मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । तीमध्ये आवश्यक प्रक्रिया पूरा गरेर एउटा कम्पनी छनोट हुने विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेकाले छिट्टै प्रिन्टर खरीद गरेर चालक अनुमतिपत्र छपाइँमा देखिएको ढिलाइ हटाइनेछ ।” विभागमा अहिले रहेको उपकरणको क्षमता पर्याप्त नहुँदा सेवाग्राहीलाई समयमा ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन नसकिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

देशभरका यातायात कार्यालयबाट निवेदन दिएका चार लाख ५० हजार अनुमतिपत्र छपाइ गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो । खरीद गर्न लागिएको नयाँ प्रिन्टरले प्रतिघण्टा पाँच सय चालक अनुमतिपत्र छपाइ गर्ने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter