• Sunday, June 01, 2025

मन्त्रिपरिषद् विस्तार, योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

काठमाडौं, साउन १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद्को विस्तार गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेश भट्टराइलाई नियुक्त गर्नुभएको छ ।

नवनियुक्त पर्यटन मन्त्रिलाई बुधबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्टपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भयो

तत्कालीन पर्यटन तथा नागरिकउड्डयनमन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भए पछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आउनुभएको थियो ।

पर्यटनमन्त्रीको जीवनी

नव नियुक्त पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो ।

विकिपिडियाका अनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता भट्टराइको जन्म पिता भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराईको कोखमा भएको हो । उहाँले समाजशास्त्र र मानवशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ ।

नेता भट्टराईले स्कूल जीवनबाटै झापा विद्रोहप्रति नजिक हुनु भएको थियो । उहाँले स्कूले जीवनबाटै बामपन्थी राजनीति शुरु गर्नु भएको थियो ।

उहाँ २०३७ सालदेखि अनेरास्ववियुको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । भट्टराईले बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर काम गर्नुभयो ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उहाँले पटक पटक भाग लिनुभयो । २०५१ सालमा उहाँ अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter