• Saturday, May 17, 2025

पत्रकारको पेशा तथा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न माग

काठमाडौँ, साउन १५ गते । नेपाल पत्रकार महासङ्घले पत्रकारको पेशा तथा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै शुक्लागण्डकी नगरपालिका तनहुँकी उपप्रमुख सविता रसाइलीसीले पत्रकार सम्मेलनमार्फत पत्रकारमाथि गरेको दुव्र्यवहारको घटनाप्रति ध्यानाकर्षण जनाउँदै पत्रकारको पेशा तथा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको हो ।

उहाँका अनुसार गत साउन १० गते उपप्रमुख रसाइलीले नगरपालिकाको सभाकक्षमा ढुङ्गा गिटीका बारेमा पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकारमाथि अभद्र तरिकाले उत्रिनुका साथै पत्रकारलाई लाञ्छना लगाउँदै दुव्र्यवहार गरेकी छिन् ।

यसैगरी महासङ्घले तेह्रथुमबाट प्रकाशित हाम्रो सवाल डटकमका सम्पादक अमृत बाँस्तोलालाई उक्त अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्र, सङ्क्रान्ति तेह्रथुममा स्वास्थ्यकर्मी सन्तोषप्रसाद साहले साउन ३ गते फोनमार्फत उक्त समाचार हटाउन दबाब दिँदै धम्की दिएकोप्रति आपत्ति जनाएको छ ।

समाचार प्रकाशन भएको विषयमा असहमति भए उजूरी गर्ने निकाय हँुदाहँुदै पत्रकारमाथि दुव्र्यवहार तथा धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासङ्घको ठहर छ ।

महासङ्घले घटनाको सत्यतथ्य छानबिन गरी घटनाका दोषीमाथि कारवाही गर्न माग गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter