• Wednesday, May 21, 2025

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न ६५ प्रतिशत मतदान

काठमाडौं, मङ्सिर १४ गते । देशभरका आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

काश्कीका केही स्थानमा सामान्य घटना भए पनि निर्वाचन शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको विभिन्न जिल्लाहरूबाट हाम्रा समाचारदाताहरूले जनाएका छन् ।

निर्वाचन आयोगका अधिकारीका अनुसार ६५.४३ प्रतिशतको बीचमा मतदान भएको निर्वाचन अायाेगल पत्रकार सम्मेलनमा जनाएकाे छ ।

आजै बेलुकाबाट मत गणना सुरु गरिने र कतिपय स्थान विशेष गरी वडाहरूको मतगणनाको परिणाम आजै बेलुकाबाट प्राप्त हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

रोल्पामा नेकपाका जनकबहादुर बुढा वडा अध्यक्षमा विजयी

रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार विजयी हुनुभएको छ ।

नेकपाका जनकबहादुर बुढामगरले वडाध्यक्ष पदमा १७४ मत पाएर विजयी हुनु भएकाे हाे । उहाँका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएको रोल्पाका निवार्चन अधिकृत रमेशप्रसाद ज्ञवलीले गोरखापत्रलाइ फोन सम्पकमा बताउनुभयाे

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter