• Tuesday, June 10, 2025

पञ्चेश्वरको कामलाई तीव्रता दिने सहमति

गोपालचन्द्र सुवेदी / काठमाडौँ, मङ्सिर १४ गते । लामो समय सुस्त रहँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका कामलाई तीव्रता दिन नेपाल भारत सहमत भएका छन् । भारतको नयाँ दिल्लीमा शुक्रबार सम्पन्न पञ्चेश्वर विकास प्राधिकरणको गभर्निङ काउन्सिलको साताँै बैठकमा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को समीक्षा गरी निर्णयमा पुग्न माघ १ गते नयाँ दिल्लीमै विज्ञ समूहको बैठक बस्ने सहमति जुटेको छ ।

करिब २० महिनादेखि बस्न नसकेको प्राधिकरणको बैठकमा नेपाल पक्षले आयोजनाका कामलाई तीव्रता दिन विशेष जोड दिएको थियो । खासगरी भारतीय पक्षबाट आयोजनास्थलमा आपूर्ति हुनुपर्ने प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारी तथा प्राविधिक स्थायी रूपमै खटाउन नेपाली पक्षले माग राखेको थियो ।

भारतीय पक्षले पठाउनुपर्ने कर्मचारी तथा अन्य बन्दोबस्तीको व्यवस्था एक महिनाभित्र गर्ने प्रयासमा जुट्ने प्रतिबद्धता जनाएको छ । बैठकमा नेपाल पक्षको नेतृत्व गर्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पञ्चेश्वर परियोजना विकासका लागि यो बैठक फलदायी भएको टिप्पणी गर्नुभयो ।

“लामो समयदेखिको संवादहीनता टुङ्गिएर परियोजना विकासका सन्दर्भमा ठोस प्रगति भएको छ”, उहाँले भन्नुभयो, ‘‘विज्ञ समूहलाई सक्रिय बनाएर डीपीआरको टुङ्गो लगाउन बैठक फलदायी भएको छ ।” बैठकले म्याद सकिएको सो समूहको अवधि एक वर्षका लागि थपसमेत गरेको छ ।

बैठकमा आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउने प्रस्ताव भारतीय पक्षले राखे पनि नेपाल पक्षले तत्काल अवश्यक नरहेको धारणा राखेको थियो । जग्गाको वास्तविक आवश्यकता केकति हो त्यसको अध्ययन गरेर मात्र अगाडि बढाउन सुझाव नेपाल पक्षले दिएको थियो । बैठकमा भारत पक्षको नेतृत्व त्यहाँको जलशक्ति मन्त्रालयका सचिव यूपी सिंहले गर्नुभएको थियो ।

छलफलमा उठेका संशोधानका विषयलाई समेटर आठाँै बैठकले यो पारित गर्नेछ । त्यस्तै प्राधिकरणको लेखा परीक्षण गर्न लागि भारतको महालेखा परीक्षक (सीएजी)ले तयार पारेको कार्यविधिबारे पनि छलफल भएको थियो । उक्त कार्यविधिलाई सरकारी स्तरमा स्वीकृतिका लागि एक साताभित्र पेस गर्ने निर्णय पनि बैठकले गरेको छ । सुदूरपश्चिम प्रदेशको महाकाली नदीको पञ्चेश्वरमा बाँध बाँधेर छ हजार ४८० मेगावाट र रूपाली गाडमा अर्को बाँधमर्फत २४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । साथै नेपाल र भारतको लाखौँ हेक्टर जमि(नमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य पनि सो आयोजनाको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter