काेराेना भाइरसबाट थप २७९ सङ्क्रमित, कुल सङ्ख्या ४३६४ पुग्याे

काठमाडौँ, जेठ २८ गते । नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् । पछिल्लाे नतिजा अनुसार २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् ।

योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या चार हजार ३६४ पुगेको छ । चार हजार ५५ पुरूष र ३०९ महिला सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

थपिएका सङ्क्रमित मा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । त्यसैगरी, बुधबार थप ९० डिस्चार्ज भएकाले कुल निकाे हुनेको सङ्ख्या ६७४ पुगेको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । आइसोलेसनमा तीन हजार ६७५, क्वारेन्टाइनमा एक लाख ७२ हजार २६६ रहेका छन् । आरडीटी र पीसीआर परीक्षणको सङ्ख्या एक लाख १० हजार ७४४ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter